१२ औं गोर्खा भिसी कपको उपाधि ब्रिगेड ब्वाइज क्लवलाई

SHARE:

लण्डन १२ जुन ।

१२ औं गोर्खा भिसी कपको उपाधि ब्रिगेड ब्वाइज क्लव बीबीसीले जितेको छ ।

शनिबार लण्डनको हन्स्लो स्पोर्टस क्लवमा २० टिमबीच भएको ९ ए साइड फुटबल प्रतियोगितामा बीबीसीले मेनतर्फ प्रथम उपाधि जितेको हो । उसले एकहजार पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी हुने टिमलाई ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले पुरस्कार प्रायोजन गरेको थियो । मेनतर्फ टिडब्लु स्टार रनरअप भएको छ ।

त्यसैगरि, भेट्रानतर्फ पनि बीबीसी टिम विजयी भएको छ भने धरान ११ रनरअप भयो । यसअघि औपचारिक कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भिसी विजेता गोर्खाहरुको साहस र बहादुरी स्मरण गर्दै गोर्खाहरु बेलायत र नेपालबीच सदियौं लामो सम्बन्धको कडी भएका बताए । उनले महारानीको राज्यरोहणको ७० वर्ष, भिसी रिमेम्बरेन्स डे र फुटबल प्रतियोगिता एकैपटक गरेर बेलायत नेपाल सम्बन्ध अझ मजवुत बनाउन विशेष भूमिका खेलेको बताउंदै आयोजकलाई धन्यवाद दिए ।

गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका अध्यक्ष डोल मल्लको सभापतित्वमा भएको कार्यक्रममा लन्डन बरो अफ हन्स्लोका डेपुटी मेयर अदेश फर्माहन, फस्ट रोयल गोर्खा राइफल्सका गोर्खा मेजर राजेशकुमार गुरुङ, स्थानीय काउन्सिलर लगायतले मन्तव्य दिएका थिए । अध्यक्ष मल्लले खेल प्रतियोगिता सफल भएकामा अतिथीहरु, खेलाडी, दर्शक, प्रायोजक र कार्यसमितिप्रति आभार व्यक्त गरे । संस्थाका महासचिव धन सार्कीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी राजदूत आचार्य र संस्थाका अध्यक्ष डोल मल्लले केक काटेर बेलायती महारानीको ‘प्लाटिनम जुब्ली’ पनि मनाइयो । सो अवसरमा पाइपर र नौमति बाजाको धुन बजाइएको थियो ।

कार्यक्रममा दिवगंत आत्माहरुको चीर शान्तिको कामना गर्दै २ मिनेट मौनधारण पनि गरियो । औपचारिक कार्यक्रममा एन्जेला र सुजाताले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा भिसी विजेता गजे घलेका सुपुत्र डम्बर घले, दूतावासका द्धितिय सचिव रामबाबु नेपाल, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका खेलकुद सचिव कुमार गुरुङ, हन्स्लो काउन्सिलका निवर्तमान मेयर तथा वर्तमान काउन्सिलर विष्णु गुरुङ, गोर्खाली समाज यूकेका अध्यक्ष अशोक ढकाल, ब्रिटिश नेपलिज कम्युनिटी यूकेका संयोजक राजेन्द्र ओझा लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!