प्राकृतिक स्रोत परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेका छौँ : अर्थमन्त्री शर्मा

SHARE:

काठमाडौं जुन १२ ।

अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको बताएका छन् ।

आज आइतवार काठमाडौंमा आयोजित आ‍ईएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गरे । मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताए । उनले भने, ‘यो बजेटले रेमिट्यान्सको रूपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । विशेषरूपमा विदेशी मुद्रा भित्र्याउने महत्त्वकाङ्क्षी लक्ष्य राखेको छ ।

हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरू, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ । उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर तरलतालाई कम गर्दै लगिने पनि बताए । उनले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै त्यसमा पनि आवश्यक सुधार गरिने बताए । उनले नीतिगत सुधार गर्दा व्यवसायीहरूको मागलाई पनि ध्यान दिइने बताए ।

मन्त्री शर्माले श्रमयोग्य जनशक्तिलाई उनीहरूको चाहनाअनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताए । मन्त्री शर्माले व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि उत्पादनमा आधारित कामलाई अगाडि बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!