कुटपिटको आरोपमा लुम्बिनीकी राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

SHARE:

काठमाडौं ।  ‘प्रेमी’को परिवारको सदस्यलाई हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी  श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालाय दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जानकारी दिए । मन्त्री वली पीएसओसहित बस्नेतको घरमा पुग्नुभएको थियो । त्यसपछि उहाँले बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको परिवारको आरोप छ ।

गत वर्ष विमला वली र एकराजको तस्बिरसमेत बाहिरिएको थियो। तर, वलीले एकराजले फोटोसप गरेर तस्बिर सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!