गैर आबासिय नेपाली संघ (एनआरएनए) साम्प्रदायिकतामा खुम्चिएको नेफिन युकेका अध्यक्ष शेर्पाको धारणा ।

SHARE:

21 June 2022 United Kingdom – कर्मा पहाडी शेर्पा

एनआरएनलाई हामी बिदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीको साझा संस्था मान्दै आएका छौं। जहाँ जातिय भेदभाव र राजनीति पूर्वाग्रह बिना सम्पूर्ण समुदायका नेपाली अटाउने बिश्वास लिएका थियौं। तर अहिले गैर आवासीय नेपाली संघ आदिवासी जनजाती मैत्री नभएकोले नेफिन युकेको ध्यानाकर्षण भएको छ ।

गतसालको राष्ट्रिय अधिबेशन पश्चात युके लगायतका अन्य राष्ट्रिय समिति संग प्रतिनिधि र अन्य विभिन्न कुरामा चुलिदै गएका बिबादका कारण कार्यसमितिको समयावधि थपगरि गैर आवासीय नेपाली संघको दशौं अन्तराष्ट्रिय अधिबेशन छ महिना पछि सारिएको थियो। त्यो समयावधिमा पनि अधिवेशन हुन असम्भव देखिए पछि एनआरएनका पुर्व अध्यक्ष तथा विवाद रहित अभियन्ता शेष घलेलाई खोला तर्ने पुल बन्न प्रयोग गरियो। घलेले आफ्नो जिम्मेवारी इमान्दारिता पुर्वक पुरा गर्न लागेको देखेर आफ्नो स्वार्थ पुरा नहुने थाहा पाएपछि एक आदिवासीको यस्तो सफल अवतरण स्वीकार गर्न नसक्नेहरुले अर्को अधिबेशन गरेर पद र पावरका लागि जे पनि गर्न सक्ने प्रबिधि देखाएका छन।

एनआरएन युकेमा अधिकांश पंजीकृत सदस्यहरु आदिवासी मुलका छन। यहाँका सदस्यहरुको शुल्क र मतको दुरुपयोग नहोस भन्दै पंजीकृत सदस्यहरुको लागि एक जानकारी सभाको भेला गर्न नेपाल आदिवासी जनाजति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले एनआरएन युकेलाई अनुरोध गरेका छन। शेर्पाले एनआरएन युकेलाई साम्प्रदायिकताको नाममा सदस्यहरुलाई भेदभाव नगर्न पनि भनेका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!