प्रवासी नेपाली मञ्च युकेद्वारा नेताहरूको सम्मान र अन्तर्क्रिया कार्यक्रम सम्पन्न

SHARE:


सुरेशजंग शाह

22June लन्डन, बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोक गर्न नेपालबाट बेलायत आउनु भएका नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थ मन्त्री मानीय सुरेन्द्र पाण्डे, संसदीय अर्थ समितिका सभापति माननीय कृष्ण प्रसाद दाहाल, सदस्स्य सांसदहरू माननीय जयकुमार राई, माननीय पदम गिरी लगायत नेकपा एमाले सल्लाहाकार समितिका सदस्य पूर्व सासद कुल प्रसाद नेपालको सम्मान्नमा प्रवासी नेपाली मञ्च-युके द्वारा स्वागत अभिनन्दन तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना सम्पन्न भएकोछ ।

नर्थ ह्यारो स्थित सारस रेस्टूरेन्टमा मंगलबार साँझ आयोजित उक्त समारोहलाई सम्बोधन गर्नुहँदै समारोहका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष पूर्व मन्त्री सुरेन्द्र पाण्डेले संसारका सबै देशहरूले समयको कालखण्डमा अनेकौँ कठिनाइहरू झेलेर नै देश विकास गरेका छन्, हामीले पनि यस्तै कठिनाइहरू झेलेर देश विकास गर्न सकिन्छ सबै क्षेत्रबाट संकल्प गरेर लागिपर्नु पर्छ भन्नु भयो । पूर्व मन्त्री पाण्डेले अहिलेको युग नलेज इकोनोमीको युग भकाले हामीले पनि नलेजमा आधार बनाएर कृषि र उद्योको विकास गर्नु पर्दछ भन्नु हँदै प्रवासबाट पनि ज्ञान शीप र पुँजी लिएर लगानी गर्न स्वदेशमा फर्कन आह्वान गर्नु भयो ।

यस अघि समारोहमा अर्का वक्ता अर्थ समितिका सभापति माननीय कृष्ण प्रसाद दाहलले तपाइँहरूले प्रवासमा आर्जन् गरेको ज्ञान र पुँजीको आवश्यक्ता नेपाललाई छ, नेपाल फर्केर देश विकासमा लाग्नु होस् भन्नु भयो । यसैगरी माननीय जयकुमार राईले यहाँ आएर पार्टी संगठनका गतिविधिहरू जान्न पाउँदा र यसरी भेटघाट गर्न पाउँदा न्यानो अनुभूति भयो । तपाइँहरूको पार्टी पर्तिको चिन्तनले पार्टी संगठन मजबुद बानाउन महत्वपूर्ण योगदान पुग्ने चर्चा गर्नु भयो ।अर्का वक्ता माननीय पदम गिरीले गएको स्थानीय निर्बाचनमा विपक्षिहरूको अस्वस्थ गठबन्धको घेरालाई चिरेर नेकपा एमाले माथि उठेको चर्चा र्गनु भयो ।

एमाले सल्लाहकार समितिका सदस्य पूर्व सांसद कुल प्रसाद नेपालले वैदेशिक रोजगारीमा जानु पर्ने वाद्यात्मक परिस्थिबाट मुक्त गर्न सरकारले स्वदेशी उद्योग र कृषिलाई बढी जोड दिएर आधुनिक ढाँचामा ढाल्नु पर्ने चर्चा गर्नु भयो । यसअघि समारोहमा प्रवासी नेपाली मञ्चको सम्पूर्ण संगठनको तर्फबाट संवोधन गर्नुहँदै प्रवासी नेपाली मञ्च-अन्तराष्ट्रीय कमिटीका अध्यक्ष भक्त गुरुङले विश्वव्यापिरूपमा संगठित प्रवासी नेपाली मञ्चले राजनीतिक र सामाजिक गतिविधिहरूद्वारा देश र जनसमाजको समृद्धि अघि बढाउन लागिपरेको चर्चा गर्नुभयो । अध्यक्ष गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा प्रवासबाट संगठितरूपले सक्रिय रहेको विचार व्यक्त गर्नु भयो ।

सभापतिको आसनबाट बोल्नुहँदै प्रवासी नेपाली मञ्च-युके राष्ट्रीय कमिटीका अध्यक्ष सुरेन्द्र थपलियाले देश विकास र जनताका मूलभुत आवश्यक्ता परिपूर्ति गर्न देशमा नेकपा एमाले जस्तो राष्ट्रीय पार्टी मजबुद हुनु आवश्यक छ र प्रवासी नेपाली मञ्च पार्टीलाई बलियो बनाउन र जनताको आवश्यक्ताहरूमा सघाउन प्रवासमा स्पस्ट उद्धेश्य बोकेर संगठितरूपले क्रियाशील रहेको चर्चा गर्नु भयो ।

यसैगरी धन्यवदज्ञापन मन्तव्य गर्नुहुँदै अर्का वरिष्ठ उपाध्यक्ष तुङ्गभद्र भुषालले आफ्नो व्यस्त समयका अलाबा पनि कार्यक्रममा समय दिनुहुने अतिथि लगायत संयोजन, सहभागिता र व्यवस्थापनमा सहयोग पु-याउने सम्पूर्ण सहभागीहरुमा आभार प्रकट गर्नु हँदै समारोहमा राखिएको बृहद सहभागितले देश पर्तिको चिन्ता र माया यति धेरै छ भन्ने संवेदन्शीलता प्रस्ट दर्शाएको छ भन्नु भयो ।यसअघि स्वागत मन्तव्य राख्नुहुँदै मञ्चकि वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले हामी वाद्यताले प्रवासमा बसेको चर्चा गर्नुहुँदै हामीलाई देशको माया छ स्वदेश फर्कने वातावरण बनाई दिन आग्रह गर्नु भयो ।

कार्यक्रमको सञ्चालन गर्नुहुँदै मञ्चका महासचिव सुरेशजङ्ग शाहले देश विकास र जनजिविकाको नजिक पुगेर पार्टीको संगठन अभिबृद्धि गर्न महत्वपूर्ण योगदान पु-याउनु भएका नेताहरूको अनुभव र देशको परिस्थिति यहाँ रहेका जनसमाजमा जानकारी होस् र प्रवासका समस्याहरू नेताहरूलाई जानाकारी होस् भन्ने अभिप्रायले प्रवासी नेपाली मञ्च युके द्वारा स्वागत अभिनन्दन् तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको चर्चा गर्नु भयो ।

राष्ट्रीयगान र सहिदहरू प्रति सम्मान प्रकट गरेर आरम्म भएको समारोहमा प्रवासी नेपाली मञ्च-अन्तराष्ट्रीय कमिटीका अध्यक्ष भक्त गुरुङ र प्रवासी नेपाली मञ्च-युके का केन्द्रीय अध्यक्ष सुरेन्द्र थपलियाद्वारा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थ मन्त्री मानीय सुरेन्द्र पाण्डे, संसदीय अर्थ समितिका सभापति माननीय कृष्ण प्रसाद दाहाल, सांसदहरू माननीय जयकुमार राई, माननीय पदम गिरी र नेकपा एमाले सल्लाहाकार समितिका सदस्य पूर्व सांसद कुल प्रसाद नेपाललाई खाता, पुष्पगुच्छा र अभिनन्दन्-पत्रद्वारा सम्मान् अर्पण गरिएको थियो ।

समारोहमा एन आर एन अन्तराष्ट्रीय समन्वय समितिमा उपमासचिव पदमा निर्बाचित हुनुहुने मञ्चका पूर्व अध्यक्ष रामशरण सिंखडा, एनआरएन आई सी सी सदस्यमा निर्वाचित द्वय मऩ्चका पूर्व अध्यक्ष दिनेश घिमिरे र सदस्य भिमलाल भट्टराई लगायत एनआरएन आई सी सी का सहकोषाध्यक्ष कृष्ण तिमिल्सीना र ब्रिटेन नेपाल चेन्बर अफ कमर्सका उपाध्यक्ष विराज भट्टलाई प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थ मन्त्री मानीय सुरेन्द्र पाण्डेले खाता र पुस्पगुच्छा लगाई दिनु भई कर्तलद्वनीका साथ वधाई सम्मान् अर्पण गरिएको थियो ।

प्रवासी नेपाली मञ्च युके द्वारा उक्त स्वागत अभिनन्दन तथा अन्तर्क्रिया कार्यक्रम संयोजनका लागि मञ्चका पूर्व अध्यक्ष दिनेश घिमिरेको संयोजकत्वमा पूर्व अध्यक्ष रामशरण सिंखडा, वरिष्ठ उपाध्यक्ष सरस्वती केसी, कोषाध्यक्ष पुन्य रेग्मी, क्षेत्रीय अध्यक्ष अर्जुन चापागाँई र निर्देशन त्रिपाठी रहेको संयोजन समिति गठन गरिएको थियो । समारोहमा प्रवासी नेपाली मञ्च- अन्तराष्ट्रीय कमिटी सदस्य तथा पूर्वअध्यक्ष कर्ण बहादुर शाही, युरोप महाद्विपीय कमिटीका अध्यक्ष गोविन्द पौडेल, उपाध्यक्ष तथा बेलायत इन्चार्ज विनोद ज्ञवाली र मञ्चक केन्द्रीय कमिटी तथा विभिन्न क्षत्रीय कमिटीका पदाधिकारी, सस्लाहकार, सदस्यहरू र समाजका लव्धप्रतिष्ठित व्यक्तिहरूको उत्साहवर्धक उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!