
19 June 2022 बाल्टिमोर अमेरिका – निलम गाँउले
“पुरानो स्रष्टालाइ सम्मान नया प्रतिभालाइ प्रोत्साहन” को स्लोगनमा नमस्ते इभेन्ट्सद्वारा आयोजित बृहत कुन्ती -शिला सांकृतिक कार्यक्रम अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर शहरमा १९ जुन २०२२ आइतबारको साँझ भव्यताका साथ सम्पन्न भएको छ । साथै एनआरएनए मेरिल्याण्ड च्याप्टर खुल्ला डान्स च्याम्पियनसिप २०२२ सभ्य र भब्य रुपले सम्पन्न भयको छ।

राहुल केसी, लक्ष्मन पौडेल, रमेश श्रेष्ठको संयोजनमा आयोजित कार्यक्रममा सहयोगी सस्थाकोरुपमा डान्स च्याम्पियनशिप प्रायोजन गरेको सस्था एनआरएनए मेरिल्याण्ड च्याप्टरकाअध्यक्ष श्री राजु पराजुलीको सभापतित्व र एनआरएनए एन सी सी अमेरिकाका बरिष्ठ उपाधक्ष्य श्री कृष्ण जीवि पन्त को प्रमुख अतिथि, मेरिल्याण्डको लागि पहिलो नेपाली सभासद ह्यारी भण्डारी बिशेष अतिथि रहनु भएको थियो। उक्त कार्यक्रममा अन्तरास्ट्रिय नेपाली कलाकार समाज (इनास) द्वारा ज्युँदो स्रष्टाको सम्मानार्थ बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ संगितकार श्री शिला बहादुर मोक्तानज्युलाई इनास अमेरिकाका क्षेत्रिय संयोजक आनन्दु लामा इनास अमेरिकाअध्यक्ष कन्हैया सिंह परियार, इनास अमेरिका भूतपूर्व अध्यक्ष जीआरसी कृष्ण श्रेष्ठ, इनास मेरिल्याण्ड अध्यक्ष सृजन ताम्राकार, इनास भर्जिनिया अध्यक्ष राहुल केसी, इनास मेरिल्याण्ड महासचिव लक्ष्मन पौडेल लगायतले खादा, पुष्प गुच्छा र सम्मान पत्र प्रदान गर्नु भएको थियो। बाल्टिमोरमा रहनु हुने स्थापित कलाकारहरु बरिष्ठ हास्य कलाकार रतन सुबेदी, गायक संजिव प्रधान, गायिका सरिस्मा अमात्य , गायिका आभा मुकारुङ, कल्पना देवकोटा बरिष्ठ लोक गायक याम छेत्री, श्याम गुरुङ, उदय भट्टराई लगायत कलाकार प्रवेश उप्रेती, मनिष शर्माहरुले सम्युक्त रुपमा सम्मान गर्नु भएको थियो। बाल्टिमोर क्षेत्रमा रहेका सबै क्रियाशील संघ-सस्थालाई निमंत्रणा गरिएकोमा लगभग सबै जसो को उपस्थिति रहेको देखिन्थ्यो । बिशेष अतिथीको रुपमा बाल्टिमोरको छाता संगठन बानाको अधक्ष्य श्री सुवास विलास पन्त, मोना आइसीसीका अध्यक्ष श्री अम्मर छन्त्याल, म्याग्दी समाज अमेरिकाका सस्थापक अध्यक्ष एबम प्रवासी नेपाली एकता समाज मेरिल्याण्ड च्याप्टर अध्यक्ष पारसमणि श्रेष्ठ बानाको उपाधक्ष्य लक्ष्मी भारती, पार्वती सिङ, भिम केसी एनआरएनए कोरिया भूतपूर्व अध्यक्ष राजु छेत्री, श्याम कटिला NRNA Help Desk Coordinator, कास्की समाज अमेरिकाका निवर्तमान अध्यक्ष श्री कुल गुरुङ, म्याग्दी समाज अमेरिकाका अध्यक्ष अर्जुन शाही, महासचिव किशोर शर्मा पर्बत समाज अध्यक्ष धन गुरुङ, महासचिव रमेश सुबेदी समाजसेवी बिजय श्रेष्ठ , मेरिल्याण्डका लागी सभासद उम्मेदबार Glen Geelhaar , नेपाली डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईं सुर्योदय मिडियाबाट निलम गर्बुजा मगरलगायतको उपस्थिति रहेको थियो।

लक्ष्मन पौडेल र लोक मरासैनीले संचालन गर्नु भएको कार्यक्रममा २० प्रतिनिधिले प्रतिस्पर्धामा सहभागी जनाएका थिए । निर्णायकहरुमा प्रमुख बरिष्ठ चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने हुनुहुन्थ्यो भने अन्य निर्णायकहरुमा बरिष्ठ चलचित्र निर्देशक दिनेश कार्की, बनाकी भूतपूर्व अधक्ष्य तथा चलचित्र लक्का जवानकी निर्मात्री कलाकार अनुसुया वन्त, कालीसुन्दरी गायिका अन्जना गुरुङ हुनुहुन्थ्यो ।

एनआरएनए मेरिल्याण्ड च्याप्टर प्रथम खुल्ला नृत्य प्रतियोगिता २०२२ मा भर्जिनियाबाट केसी डान्स सेन्टर नृत्य निर्देशक नबिन केसी, लुना श्रेष्ठको प्रतियोगी सरिशा अधिकारी प्रथम स्थान हासिल गरि नगद पन्ध्र सय डलर सहितको ट्रफी जित्न सफल हुनु भयो । द्वितिय स्थानमा पेल्सेल्वेनिया हेरिस्बर्गबाट ब्लुमिंग डान्स सेन्टर कि नृत्य निर्देशक निरु सिवाकोटी र दुर्गा सिवाकोटी को प्रतियोगी ७ वर्ष कि कृती अधिकारीले नगद डलर एक हजार सहित ट्रफी जित्न सफल हुनु भयो । ब्लुमिंग डान्स सेन्टरकै निर्त्य निर्देशक निरु सिवाकोटी र दुर्गा सिवाकोटीको समूह निर्त्य प्रतियोगीहरु रिस्थिका गुरुङ, अनुप दाहाल, सलिना कडरिया, क्रिसला कडरिया, कस्मिरा अधिकारी, एन्जेलिशा चापागाईं नगद डलर पाँच सय सहित ट्रफी जित्न सफल हुनु भयो। बिजेता हरुलाई एनआरएनए मेरिल्याण्ड च्याप्टरका तर्फबाट अध्यक्ष राजु पराजुलीलगायत बानाका अधक्ष्य सुबोध विलास पन्त, मोना आइसीसी अध्यक्ष अम्मर छन्त्याल, सतिश चापागाईंज्युहरुको हातबाट नगद तथा ट्रफीहरु हस्तान्तरण गरिएको थियो। बरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठ ले फोटोग्राफी गर्नु भएको कार्यक्रमको Sound System मा सुगन्ध श्रेष्ठले हुनुहुन्थ्यो । कार्यक्रमलाइ ई-नेपलिज, नेप्लिज डायोस्पोरा, नमस्ते इभेन्ट्स, निलम गाँउलेलगायत मिडियाबाट सँसारभर प्रतक्ष्य प्रशारण गरिएको थियो।

डान्स प्रतियोगीहरुको प्रस्तुति पश्चात बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानलाई उपस्थित सम्पूर्ण अतिथि, कलाकार र दर्शकहरुले उठेर ताली बजाई भब्य सुरक्षाकासाथ स्वागत गरिएको थियो। वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानज्युले आफ्ना दुइवटा गितको प्रस्तुति दिनु भएको थियो भने चर्चित गायिका कुन्ती मोक्तानले आफ्ना सुपरहित गीतहरु डाली डालीमा, खुट्टा तान्दै गर, चोली राम्रो पाल्पाली ढाकाको, भन्छन कोहि जिन्दगि यो, नमरे बाँचे, माथि माथि सैलुन्गेमा लगायतका गीतमा दर्शहरुसंगसगै रमाएर नाच्दै गाउनु भएको थियो।






