बिसीसी युकेद्वारा गुम्बा विकास समिति अध्यक्ष शेर्पाको स्वागत

SHARE:


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बेलायत भ्रमणमा रहेका नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत रहेको बौद्ध दर्शन प्रबध्र्दन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) लाई स्वागत गरेको छ । उनलाई बुधबार बिसीसी युकेका बिसीसी युकेका सदस्य तथा आमाहरुले खादा लगाई बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा स्वागत गरिएको हो ।
सो अवसरमा बिसीसी युकेका संस्थापक अध्यक्ष एवं सल्लाहकार ले.रि. काजी शेर्पाले बिसीसी युकेको स्थापना कहिले र कसरी भयो भन्ने बारे बताउँदै यसले गर्दै आएको विभिन्न कार्यहरुको जानकारी दिएका थिए ।
त्यस्तै, विकास समितिका अध्यक्ष खेन्पो शेर्पाले मानव जीवनमा बुद्ध धर्मको महत्वको चर्चा गर्दै बौद्ध धर्मबारे प्रवचन दिएका थिए । त्यस्तै, उनले बिसीसी युकेले बेलायतमा बुद्ध धर्मको प्रचारप्रसार लगायत आफ्ना कला र संस्कृति जर्गेना गर्न खेलेको भूमिकाको प्रसंशा गर्दै आफु आवद्ध रहेको विकास समितिले गर्दै आएको विभिन्न कार्यहरु बारे जानकारी गराए ।
उक्त स्वागत कार्यक्रमको अन्त्यमा बिसीसी युकेका अध्यक्षले श्रद्धेय खेन्पोलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै बिसीसी युकेले गर्दै आएको विभिन्न धार्मिक, साँस्कृतिक, शैक्षिक र च्यारिटीमूलक कार्यबारे जानकारी दिए ।
उक्त कार्यक्रममा बिसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्याप, खेन्पो कालजाङ्ग र्धोर्जी, लोपन नोर्बु, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, उपाध्यक्ष हर्क गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङलगायत आमाहरु, शुभचिन्तक एवं धर्ममित्रहरुको उपस्थिति रहेको थियो ।
बिसीसी युकेका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको उक्त स्वागत कार्यक्रमलाई बिसीसी युकेका महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!