नेफिन युकेले बिश्व आदिवासी दिवस मनाउने

SHARE:

२४ जुन २०२२ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको नियमित बैठक जुममार्फत सम्पन्न भएको छ। बैठकमा महत्वपूर्ण बिषयहरुमा छलफल तथा निर्णय भएको छ।

बैठकले आगामी आइतबार १४ अगस्त २०२२ को दिन बिश्व आदिवासी दिवस मनाउने निर्णय गरेको छ। सो दिवसको लागि ब्याबस्थापन तथा जिम्मेवारी बाँडफाड गरिएको छ। ब्याबस्थापन तथा जिम्मेवारी बाँडफाडमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गोमा रानालाई प्रचार प्रसारको जिम्मेवारी दिइएको छ भने हल बुकिङ सल्लाहकार ज्ञाम गुरुङलाइ जिम्मेवारी दिइएको छ।

बैठकमा बेलायतमा नेपाल आदिवासी जनजाती नाममा खोलिएका संस्थाहरु नेपाल आदिवासी जनजाती चलचित्र संघ र नेपाल आदिवासी जनजाती साहित्य संघलगायत अन्य संस्थाहरुलाई पनि नेपाल आदिवासी जनजाती महासंघसंग आबद्ध गराउने जिम्मेवारी नेपाल आदिवासी जनजाती युवा संघलाई दिने निर्णय भएको छ।

बिश्व आदिवासी दिवसको लागि प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य निमन्त्रणा दिने निर्णय भएको छ।

बैठकमा संस्थाको लागि आर्थिक संकलन तथा च्यारेटी डिनरको बारेमा ब्यापक छलफल भएको छ। बैठकले आर्थिक संकलन तत्कालै गर्ने निर्णय भएको छ भने च्यारिटी डिनर निकट भविष्यमा गर्ने निर्णय भएको छ। सो आर्थिक संकलन तथा च्यारेटी डिनर कार्यक्रमको लागि संयोजकमा संस्थाको निबर्तमान अध्यक्ष ले श्री लिम्बुलाई जिम्मेवारी दिईएको छ।

बैठकले नेफिन युकेमा आबद्ध जातीय संस्थाहरुलाई संघिय परिषदमा एक महिलासहित तिन सदस्य माग्ने निर्णय भएको छ। कतिपय संस्थाहरुले संधीय परिषदका लागि सदस्यहरु पठाई सकेका छन। हालसम्म संधीय परिषदमा सदस्य नपठाएका संस्थाहरुलाई पत्रचार गरेर सहकारी गर्ने निर्णय भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ युकेको अध्यक्ष कर्मा पहाडी शेर्पाले अध्यक्षता गरेको बैठकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गोमा रानाले स्वागत मन्तब्य राख्नु भएको थियो भने संथाका महासचिब बिमला सेनेले संचालन गर्नु भएको थियो। बैठकमा पुर्ब-अध्यक्षहरु ले श्री लिम्बु, तुल छन्त्याल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गोमा राना, नेपाल आदिवासी जनजाति महिला महासंघका अध्यक्ष शान्तकला राई, सुनुवार सेवा समाजका अध्यक्ष मनोज सुनुवार, बेलायतमा स्थापित जनजाति संस्थाहरुको अध्यक्षहरु तथा प्रतिनिधिहरु, सल्लाहकारहरु एकेन्द्र गुरुङ, ज्ञाम गुरुङ, धर्म तामाङ्ग दुत पुनलगायत अन्यको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!