नेपालमा मन्त्रिपरिषद्मा हेरफेर, झाँक्रीसहित ४ बाहिरिए, ४ भित्रिए

SHARE:

काठमाडौं २६ जुन २०२२ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आइतबार हेरफेर गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

त्यसैगरी राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा उनीहरुलाई सहभागी गराइएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!