बेलायती भूमिमा भूमेपूजा पर्ब सम्पन्न: पुन मगर समाज युके

SHARE:

लन्डन । सनिवार २५ जुन २०२२ को दिन पुन मगर समाज युकेले वेस्ट लन्डनस्थित फेल्थाम स्पोर्ट कलेजको फुट्बल मैदानमा भूमेपुजा पर्ब बिधिबत पूजा गरेर सम्पन्न गरेका छन। भूमेपूजा पर्ब मनाउन सयौको संख्यामा बेलायतबासी पुन मगरहरु तथा गैर पुनमगरहरुको आ-आफ्नो भेषभुषामा सहभागिता रहेको थियो ।

नेपाली भाषामा भुमि शब्दको अर्थ ‘पृथ्वी’ हो र पुजाको अर्थ भूमिलाई पूजा गर्नु हो। भूमेपर्ब मुख्यगरी १८ मगराँत क्षेत्रका बसोबास गर्ने मगरहरुको मौलिक सस्कृती भएता पनि धौलागिरी अञ्चल म्याग्दी र पर्बतको उत्तरी भेगमा बसोबास गर्ने पुन मगरहरुले भुमेपूजा पर्व बिशेष रुपले मनाउने गर्दछन । यद्धपि प्रया: नेपालीहरुले भूमिको पूजा गर्छन तथा भूमेपर्ब आ-आफ्नै तरिकाले मनाउछन। भूमिको पूजा गरेमा लगाएको बालीनालीको उत्पादन राम्रो होस्, गाईवस्तु राम्रो होस्, खोला पहिरोले क्षति नहोस, झाडा पखाला तथा अन्य रोगहरु नलागोस भन्ने बिश्वास गरिन्छ। भूमिपूजामा, पानीको अंकुर (शिम), जङ्गल (प्रतिबन्ध पूजा) र मौसमको पूजा गर्ने गरिन्छ । पृथ्वीलाई भगवान मान्छन् । पृथ्वीलाई आमा र रक्षक मानिन्छ जसले सबैको लागि आश्रय, भोजन र पालनपोषण गर्दछ। पृथ्वीलाई खुसी बनाउन भूमे पूजा गरिन्छ । भूमेपुजामा परम्परागत प्रशादको रुपमा जाड (छ्याङ) को प्रबन्ध पनि गरिएको हुन्छ ।

भूमेपूजा पर्वको अवसरमा पुन मगर समाज युकेका अध्यक्ष बल बहादुर पुनमगरले कार्यक्रममा उपस्थित सम्पूर्णमा आफ्नो छोटो शुभकामना मन्तव्य राखेका थिए। भूमेपूजाका जानकार तथा सस्थाका सस्थापक अध्यक्ष बिल पुर्जा पुनमगरले भूमेपुजाको सम्पूर्ण व्यवस्था मिलाएका थिए ।

पुन मगर समाज युकेले हरेक बर्ष मनाउदै तथा पुज्दै आएको भूमेपूजामा नेपालबाट आएका नेपालका राष्ट्रिय चर्चित लोक दोहोरी गायिकाहरु बिमला श्रीष, अनुपा थापा, गायकहरु गगन पुन, रेशम निर्दोष, हेमन्त रसाइली र हास्यकलाकार खड्क बहादुर पुन (खबपु) लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमका कार्यक्रम संयोजक तथा पुर्ब अध्यक्ष तेज रामजाली पुन मगरले हास्यकलाकार खड्क बहादुर पुनसंग बेजोड प्रश्तुति दिएका थिए।

पुन मगर समाज युकेका अध्यक्ष बल पुन मगरले अध्यक्षता गरेको भूमेपूजा पर्वमा मगर संघ युकेका अध्यक्ष सिता पुन मगर प्रमुक्ष अतिथि थिए भने, बिशेष अतिथिहरुमा तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिब बिमला सेने, आदिवासी पत्रकार महासंघ युकेका उपाध्यक्ष बम थापा सूर्यवंशी मगर, र अन्य अतिथिहरुमा बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुको सहभागिता रहेको थिय। भुमि पर्वको कार्यक्रम पुन मगर समाज युकेका उपाध्यक्ष तुल चन्द्र तिलिजा पुन मगरले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम खिम पुनमगरले संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!