एनआरएनए युकेका महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

SHARE:

 

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले संस्थाका महासचिब खुशी लिम्बु बिरुद्ध साइबर क्राइममा उजुरी दिदै बेलायतवासी पत्रकारहरुलाई समाचार प्रकाशित गरिदिनहुन अनुरोध गरेका छन। उनको समाचार जस्ताको त्यस्तै।

लन्डन । संघको फेसबुक पेज ह्याक गरि सामाजिक विखण्डन ल्याउन उद्यत भएपछि एनआरएनए यूके महासचिव खुशी लिम्बुविरुद्ध बेलायती प्रहरीमा साइबर क्राइमको उजुरी परेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सोमबार २७ जुनमा अल्डरसटस्थित हयाम्पसायर कन्सटबुलरीमा लिम्बुविरुद्ध उजुरी दिएका हुन् ।

महासचिव लिम्बुले डेटा प्रोटेक्सन एक्ट (२०१८) र जिडिपिआर उल्लंघन गर्दै एनआरएनए यूकेको पब्लिक फेसबुक पेज ह्याक गरि १७७ जना सदस्यहरुको गोप्य व्यक्तिगत विवरण, आइडी नम्बर र विना सहमति अध्यक्षको हस्ताक्षर र इमेलसहितका जानकारी सार्वजनिक गरेको आरोप उजुरीमा छ ।

उजुरीमा अध्यक्ष गाहामगरले बेलायतका ५२९ भन्दा बढी नेपाली तथा गोर्खा संगठनहरुको साझा च्यारिटी संस्था एनआरएनए यूके सदस्यहरुको सुरक्षा गर्नु आफ्नो दायित्व भएको जनाउंदै निज लिम्बुले आफ्नो काम कर्तव्य र प्रतिष्ठामा समेत आंच ल्याउने कार्य गरेकाले लिम्बुमाथि साइबर अपराधमा अनुसन्धान गरि उनीविरुद्ध शीघ्र कानूनी कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

संघको फेसबुक पेज व्यवस्थापन गर्ने जिम्मा प्रवक्तालाई हुने भएपनि यसको एडमिनमा रहेका अन्य कार्यकारी सदस्यहरु सबैलाई महासचिव खुशी लिम्बुले हटाएर एनआरएनए यूकेको विधान विपरित आफ्नो निजी स्वार्थमा उक्त पब्लिक पेज प्रयोग गरेको पनि उजुरीमा छ ।

सामाजिक सञ्जालमा लिम्बुका क्रियाकलापले नेपाली समुदाय र सदस्यहरुभित्र भ्रम र अन्यौलपूर्ण वातावरण सृजना गरेको पनि स्मरण गराइएको छ । एनआरएनए यूके बेलायतको नेपाली समुदायलाई एकत्रित गरि आफ्नो उद्देश्यमा अगाडि बढिरहेका बेला महासचिव लिम्बुले समाज खल्बल्याउने गरि गैर कानूनी गतिविधि गरेको निष्कर्षसहित अध्यक्ष प्रेम गाहामगरले उनलाई बेलायतको कानून अनुसार कारवाही गर्न माग गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!