ब्रिटिस गोर्खा र परिवारको नागरिकता निरन्तरताबारे सर्वदलीय संसदीय फोरमको छलफल

SHARE:


काठमाडौं ५ जुलाई २०२२ । ब्रिटिस गोर्खा र उनीहरुका सन्ततिहरुको वंशजको नेपाली नागरिकता निरन्तरता संविधान संशोधनमार्फत सुनिश्चित गर्ने अभियानका रणनीतिबारे गम्भीर छलफल भएको छ ।

ब्रिटिस गोरखा नेपाली नागरिकता निरन्तरता अभियानका लागि गठित सर्वदलीय संसदीय फोरम (APPF) का संयोजक पूर्वमन्त्री शेरबहादुर तामाङको अध्यक्षतामा मंगलबार अपराह्न काठमाडौंमा बैठक बसेको हो । बैठकले ब्रिटिस गोर्खाहरुको बलिदान, सन्धि, सम्झौता र उनका पे, पेन्सनबाट राष्ट्रलाई प्राप्त हुने दीर्घकालीन बैदेशिक मुद्राका विषयमा सबै पार्टीका शीर्ष नेताहरुसँग गम्भीर छलफल गरि पार्टीहरुमा ह्विप जारी गर्ने परिस्थिति निर्माण गरि अध्यादेशमार्फत संविधान संशोधन गर्न पहल गर्नपर्ने निर्णय गरेको छ।

सरकारले नागरिकता संशोधन विधेयक मंगलबार नै फिर्ता लिएको प्रसँग उजागर गर्दै ब्रिटिस गोरखाहरुको नागरिकता निरन्तरताको दिर्घकालीन समाधान संविधान संशोधनबाट मात्र सम्भव हुने विषयमा सबैको सहमति बनेको छ । बैठकमा पूर्वमन्त्री बसन्त नेम्बाङ, सुरेशकुमार राई, यज्ञराज सुनुवार, हेमकुमार राई र राजेन्द्र राई उपस्थित थिए । त्यसैगरी अभियानका धरोहर कानुनी सल्लाहकार संविधानबिद् डाक्टर चन्द्रकान्त ज्ञवाली साथै BGNCCC– नेपालका संरक्षक क्याप्टेन हिमाल राई र BGNCCC – नेपालकी संयोजक योगिता राईको सहभागिता थियो।

बैठकमा गत असार ३ गते संसद सचिवालयमा दर्ता गरिएको ” जरुरी सार्वजनिक महत्वको प्रस्ताव ” चालु संसद अधिवेशनमै सशक्त रुपमा छलफल गराउन सक्दो पहल गर्ने र छलफलको बिषय ब्रिटिश गोरखाहरुले परिस्थितिबश बेलायती अंगीकृत नागरिकता लिएता पनि उनका बंशजको नेपाली नागरिकता सम्बिधान संसोधन मार्फत निरन्तरता रहने र बेलायत/ हङकङमा जन्मेका गोरखा सन्ततिहरुले बंशजको आधारमा वंशजको नेपाली नागरिकता प्राप्त गर्न सक्ने सम्बैधानिक ब्यवस्था सुनिश्चित हुनुपर्नेमा केन्द्रित हुनपर्ने निर्णय भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!