गैर आवासीय नेपाली संघ युकेले जारि गरेको प्रेस बिज्ञप्ति प्रकाशित गरिदिन अनुरोध गरेका छन। जस्ताको त्यस्तै।
आदरणीय सम्पादक ज्युहरु तथा पत्रकार ज्युहरु,
गैर आवासीय नेपाली संघका महासचिव स्वयंले गैर आवासीय नेपाली संघका सुचना संयन्त्रहरु दुरुपयोग गरेको पदाधिकारीहरुले संस्थाको नाममा प्रयोग गरिरहेका इमेलहरु फेसबुक पेज लगायत समेत कब्जा गरी गलत र असंगत सुचना संप्रेषण गरी भ्रम उत्पन्न गर्ने तथा संस्थाको साखमा प्रत्यक्ष क्षति पुग्ने गरी कार्य गरेको कुरालाई गम्भिर रुपमा लिदै कार्य समितिको बैठकले नै महासचिवबाट संघको कुनै पत्राचार तथा जानकारी संप्रेषण नगर्ने नगराउने भन्ने निर्णय गरेको छ । म प्रबक्ता स्वयंको इमेल समेत आजबाट त्यसै गरी कब्जा गरिएको छ । यस्तो अबस्थामा संघको आधिकारिक सुचना तथा जानकारी संप्रेषणका सम्बन्धमा कुनै भ्रम नपरोस भन्नका लागि आधिकारिक सुचना तथा जानकारी संप्रेषणका लागि तोकिएका पदाधिकारीहरु र तोकिएका इमेलहरुका बारेमा जानकारी उपलब्ध गराउने उदेश्यले यो विज्ञप्ति जारी गरिएको छ । प्रकाशन गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।
धन्यबाद ।
भवदिय,
भरतमणि चोङ्बाङ
प्रबक्ता,
गैर-आवासीय नेपाली संघ यु. के ।
मोबाइल संम्पर्क: ०७४५४२८६५५५







