पत्रकार महासंघ बेलायतको वार्षिकोत्सवमा कसले के भने ?

SHARE:

लन्डन ११ जुलाई २०२२ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली पत्रकारहरुलाई थप व्यावसायिक बन्न सुझाव दिएका छन् । उनले पत्रकारिता समाजको ऐनामात्र नभएर यसले समाज रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिता मर्यादित हुन आवश्यक रहेकोमा जोड दिए ।

पत्रकार महासंघ बेलायतको १० औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आइतबार लन्डनमा आयोजित कार्यक्रममा राजदूत आचार्यले उक्त धारणा राखेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शाखाको स्थापनाको दशौँ वर्षगाँठका अवसरमा बधाई दिंदै प्रवासका पत्रकारहरुले सूचना सम्प्रेसण मात्र नगरेर स्वदेशका लागि ज्ञान, सीप समेत हस्तान्तरण गरिरहेको बताए । ढकालले गैरआवासीय नेपालीलाई डलर खाता खोल्न भएको सुविधाबारे अवगत गराउंदै यसले व्यक्तिगत लाभमात्र नभएर देशको समृद्धि पनि हुने जनाए ।

नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले पत्रकार महासंघ बेलायतसँग दूतावासले निकट सहकार्य गर्दै आएको उल्लेख गर्दै पत्रकारहरुलाई दूतावासबाट हुने सहयोग सधैं रहने जनाइन् ।

एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले पत्रकार महासंघ बेलायतसँग मिलेर अन्तरराष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको स्मरण गर्दै यस्ता सहकार्यहरुको निरन्तरता हुने जनाए। एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलले शाखालाई दशौँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिए। शाखाका अध्यक्ष ध्रुवराज अर्यालले संस्था स्थापनादेखि आजको दिनसम्म ल्याइपुर्‍याउन योगदान गर्ने संस्थापक तथा अग्रजप्रति सम्मान व्यक्त गर्दै शाखालाई अभिभावकको रुपमा सहयोग, संरक्षण गर्दै आएको बेलायतको सिंगो नेपाली समुदायप्रति आभार प्रकट गरे ।

उनले बेलायतमा रहेका नेपाली पत्रकारहरुको साथै यहाँबाट सञ्चालित नेपाली मिडिया समेतको स्तरोन्नतिका लागि शाखाले प्रयास गर्दै आएको सुनाए। कार्यक्रममा अग्रज पत्रकारहरु खगेन्द्र नेपाली र सुमन खरेल, शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर, फोनिज यूके अध्यक्ष गोमा राना, नेपाल प्रेस युनियन यूके उपाध्यक्ष एभरेष्ट गौतम, पत्रकार ददि सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए।

उनीहरुले प्रवासमा नेपाली पत्रकारिता र पत्रकार महासंघका विभिन्न आयामहरुबारे चर्चा गरेका थिए। समारोहमा विशेष वक्ताका रुपमा बीबीसी वर्ल्ड सर्भिसमा पर्यावरण रिपोर्टरका रुपमा कार्यरत पत्रकार नवीनसिंह खड्काले आफ्नो अनुभव सुनाएका थिए। एफएनजे यूके पत्रकारिता पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेरालीले आफूहरुमाथि विश्वास राखेर पुरस्कार छनोटको जिम्मा दिएकोमा शाखालाई धन्यवाद दिंदै प्राप्त आवेदनहरुलाई निश्चित मापदन्डको आधारमा मुल्यांकन गरी सिफारिश गरिएको जानकारी गराए ।

शाखाले संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दसौं वर्ष विशेष स्मारिका विमोचन लगायतका विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!