विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालको रेकर्ड

SHARE:

लन्डन १३ जुलाई २०२२ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको हो । यो होटल ५ हजार १ सय ८० मिटर उचाईमा अवस्थित छ ।

‘वर्ल्ड बुक्स रेकर्डस्’ लन्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ । सोमबार बेलुका राजधानीमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई ‘वर्ल्ड बुक्स रकर्डस्’को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको होटलले यस्तो रेकर्ड राख्नु समग्र नेपालीहरुका लागि नै खुसी र गौरवको कुरा भएको बताए । आउँदा दिनमा नेपाललाई चिनाउने अर्को एउटा आधारका रुपमा होटल रहने उनले विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले भने, ‘नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि यो खालको होटलहरुले थप योगदान पुर्‍याउने विश्वास लिएको छु ।’ उनले कोरोना महामारीका कारण अन्य क्षेत्रभन्दा तुलनात्मकरुपमा पर्यटन क्षेत्र धेरै प्रभावित बनेको बताउँदै यसलाई कसरी पुनस्थापित गर्ने भन्नेमा मन्त्रालय अहिले छलफलमा रहेको बताए ।

केही दिन भित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुन:स्थापित गर्ने एजेन्डाहरु घोषणा गर्ने समेत मन्त्री श्रेष्ठले कार्यक्रममा उद्घोष गरेका थिए । ‘वर्ल्ड बुक्स रेकर्डस्’का नेपाल प्रतिनिधि कटुवालले यस रेकर्डले विश्वमा नेपालको नाम नौलो तरिकाले पुगेको बताउँदै होटलका प्रबन्ध निर्देशकलगायतलाई बधाई दिए । सन् २००४ देखि होटल संचालनमा ल्याएको प्रबन्ध निर्देशक शेर्पाले कार्यक्रममा जानकारी गराए ।

उक्त स्थानमा होटल बनाउनु एकदमै चुनौती रहे पनि होटल बनाएको उनले स्मरण गरे । ‘त्यहाँ सेतोमा हिउँ र कालोमा ढुंगाबाहेक केही पनि देखिँदैन । त्यहाँ केही उब्जाउ पनि हुँदैन । निकै महँगो शुल्कमा सामान लगेर, निकै दुःख गरेर होटल बनाएको हुँ,’ शेर्पाले भने, ‘आज यो एउटा कार्यक्रमले गर्दा मैले आफ्नो जीवनमा केही गरेछु भनेर साह्रै खुसी लागेको छ ।

कार्यक्रममा रेकर्ड होल्डर निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पा, गायक निर्णय श्रेष्ठ, मिलन गुरुङ, अजय अधिकारी सुशील, फोटोग्राफर हरिगोपाल प्रधानलगायतको उपस्थिति रहेको थियो ।

होटल संचालक पासाङ छिरिङ शेर्पालाई एनआरएनएका सलाहकार तथा शेर्पा संघ यूकेका अध्यक्ष आङ दावा शेर्पा (च्यावा) ले बधाई दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!