
काठमाडौं २२ जुलाई २०२२ । गृहमन्त्री बालकृष्ण खाँणले ब्रिटिस गोर्खालाई गैर आवासीय नेपाली नागरिकता नै दिन सकिने बताएका छन् । उनले संविधानको प्रावधानअनुसार दोहोरो नागरिकता दिन नसकिने स्पष्ट पारे ।
प्रतिनिधिसभामा शुक्रबार भएको नेपाल नागरिकता संशोधन विधेयकको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले गैर आवासीय नेपालीका लागि आर्थिक सांस्कृतिक अधिकारका लागि प्रदान गरिने नागरिकता जिल्ला जिल्लाबाटै प्राप्त गर्ने सक्ने बताएका छन् ।
यसअघि गैर आवासीय नेपालीका लागि गृह मन्त्रालयबाट मात्र नागरिकता लिन सकिने प्रावधान विधेयकमा राखिएको थियो । गृहमन्त्री खाँणका अनुसार गृहमन्त्रालयले तोकेको अधिकारीले नागरिकता जारी गर्न सक्ने उल्लेख छ । यससम्बन्धी विधेयक शुक्रबार प्रतिनिधिसभाबाट पारित हुने क्रममा छ ।






