
कर्मा पहाडी शेर्पा
लण्डन २४ जुलाई – दुरा सेवा समाज बेलायतले शनिवार २३ जुलाई २०२२ को दिन समाजको १४ औ बार्षिक उत्सव तथा समर भेटघाट कार्यक्रम दुरा सेवा समाज बेलायतका बर्तामान अध्यक्ष श्री फाराम दुराको अध्यक्षतमा, नेपाल आदिबासी जनाजाति महासंघ बेलायतका अध्यक्ष श्री कर्म पहाडी सेर्पाको प्रमुख आतिथ्य र बिषेश अतिथिहरू नेपाल आदिबासी जनजाति महासंघ पुर्ब केन्द्रीय सचिब तथा दुरा सेवा समाज केन्द्रका संस्थापक अध्यक्ष श्री भक्त बहादुर दुरा, नेपाल आदिबासी जनाजाति महिला महासंघ बेलायतका बरिष्ठ उपाध्यक्ष श्रीमति गंगा मायां दुराको उपस्थितिमा समाजका महासचिव श्री हिमान सिहं दुराको संचालनमा सम्पन्न भएको छ । उक्त कार्यक्रम बेलायत भरि छरिएर बसेका सम्पुर्ण दुराहरूले Covid-19 को कारण बाह्रौ र तेह्रौ बार्षिक उत्सव मनाउन नसकेको र लामो समय एक आपसको भेटघाट नभएको हुदा समाजको १४ औ बार्षिक उत्सव स्कुलले नानिहरूको समर बिदाको समय पारेर एक आपसको समर भेट घाट गरि शुख्ख दुख्ख बाड्ने उदेश्यको साथ कार्यक्रम गरिएको थियो । कार्यक्रम Weeke Community Hall Winchester मा बिहान नौ बजे देखि लिएर बेलुकी एघार बजे सम्म भएको थियो । कार्यक्रममा नेपालबाट आएका नयां सदस्यहरूलाई समाजको तर्फबाट स्वागत तथा बधाई, बिभिन्न क्षेत्रमा उपालब्धी हांसिल गर्ने समाजका सदस्यहरूलाई सम्मान, बधाई तथा शुभकामना, समाजका नव बिबाहित जोडीहरूलाई सुखमय दाम्पत्य जिवानको लागी बधाई र शुभकामना, समाजका उच्चा शिक्षा हासिल गर्नु हुने बाबु नानिहरूलाई समाजका अध्यक्ष, प्रमुख अतिथि, बिषेश अतिथि र समाजका बरिष्ठ र अग्रहरूबाट खाता , प्रशौंस पत्र र फुलको गुच्छाले बधाई, शुभकामना र सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्री कर्म पहाडी शेर्पा ज्युले अल्प खंख्याक दुरा जाति संख्यात्मक हिसाबमा सानों भए पनि संगठित र व्यावस्थित भएको कुराको प्रशौंस गर्दै दुराहरूको मुल थातथलो तुर्लुङकोट जाने ईच्छा राख्दै अति गहकिलो र सान्दार्भिक शुभकामना मन्तव्य दिनु भयोको थियो । बिषेश अतिथि दुसेस नेपालका संस्थापक अध्यक्ष श्री भक्त बहादुर दुरा ज्युले आफ्नो नेपालको लामो बिदामा रहंदाको बिभिन्न अनुभाबहरू सुनाउदै हामी र हाम्रा नयां पिढिहरूलाई आफ्नो देश,गाउं, ठाउ र इष्ट मित्रहरू संग सुसम्बन्ध, समन्वय र सामाजिक सद्भाव राख्ने बिषयमा हामी सबै अबिभावकहरूले प्रोत्साहित गर्नु पर्छ भन्नु भयो । दुरा सेवा समाज केन्द्रका सचिब श्री इन्द्र जंग दुराले नेपाल एकिकारण गर्ने शाह बंश राज सस्थाको स्थापना गर्ने ऐतिहासिक पुर्खा खजे दुराको बारे हामीसबैलाई ज्ञ्यान हुनु पर्छ र जनजाति महासंघ बेलायतको कर्यक्रमहरूमा जानु पर्छ र आफु पनि जाने प्रतिबध्दता प्रकट गर्नु भयो । श्रीमती गंगा माया दुराले दुरा महिलाहरू नेपाल र बेलायतको आदिबासी महिला महासंघमा हामी दुरा महिलाहरू आबद्ध भएर सक्रिय भुमीका निर्वाह गरेको बताउनु भयो । सल्लाहकारहरू श्री कर्ण बहादुर दुरा श्री इन्द्र बहादुर दुरा र क्याप्टेन होम बहादुर दुराले समाज प्रति आफुहरूको अझै जिम्मेबार बढेको बताउनु भयो ।अतिथि श्री गणेश मान दुरा ज्युले बिदेश पनि हामी दुराहरू संगठित भई यसरी भब्य कार्यक्रमहरू गरेकोमा आफुलाई गर्व महसुस भएको बताउनु भयो ।
समाजले दुरा जातिको उत्थानमा महत्वपुर्ण योगदान र भुमिका निभाउनु हुने समाजका बरिष्ठ व्याक्ति दुरा सेवा समाज केन्द्रका संस्थापक अध्यक्ष श्री भक्तबहादुर दुरा र दुरा सेवा समाज बेलायतका संस्थापक अध्यक्ष श्री कर्ण बहादुर दुरा साथै बृटिश फौजमा दुरा जात लेखेर भर्ति हुने पहिलो ब्याक्ति श्री देब बहादुर दुरालाई सम्सं गरिएको थियो । उहांहरूले संस्था स्थापना गरि बिभिन्न ठांउहरूमा रहनु भएको दुरा बन्धुहरूलाई संगठित बनाई एक आपसमा संपर्क, समन्वय, एकता सहयोग गर्ने भावात्मक सम्बन्ध बनाई मित्रतालाई अझ प्रघाड र घनिष्ट बनाई एक आपसमा दुख्ख शुख्खमा साथ दिने बातबरण बनाएको र समाजाई अगाडि बढाउन बिभिन्न महत्वपुर्ण भुमिकाहरू निभाए बापत प्रमुख अतिथि, जेष्ठ नागरिक र समाजका अध्यक्षबाट फेट्टा, खाता र दोसल्ला लगाई सम्मान पत्र दिएर सम्मान तथा अभिनन्दान गरिएको थियो ।
दुरा सेवा समाज बेलायतको यो कार्यक्रम सफल पार्न समाजको बिभिन्न पोस्टारहरू प्रदान गर्नु हुने पुर्ब कोषाध्यक्ष श्री सिंह बहादुर दुरा बिभिन्न समाजको कायर्क्रमहरूमा चलाउने ब्याजहरू प्रदान गर्नु हुने समाजका कोषाध्यक्ष श्री सुक बहादुर दुरा, कार्यक्रमको लागी प्रति घर £60 को दरले आर्थिक सहयोग गर्नु हुने Winchester का सम्पुर्ण मित्रहरू , कार्यक्रमा पिउने पानी र चिया कफि स्पोन्सर गर्नु हुने श्री बसन्त र सबिना दुरा बिभिन्न बिषयमा पुरष्कारहरू स्पोन्सार गर्नु हुने श्रीमति समुन्द्र दुरा, सुश्री देबिमाया दुरा, श्रीमती बिसिका दुरा गुरूङ, बबिता दुरा र स्वर्गिय पिता कर्ण बहादुर दुराको स्मरणमा £200. आर्थिक सहयोग गर्नु हुने श्रीमती तोला माया दुरा र छोरा इन्द्र जंग दुरा यहांहरूले समाज प्रति सकारत्मक सोचका साथ सहयोग गर्नु भएकोमा सबै मित्रहरूलाई समाज हार्दिक धन्यबाद भन्न चाहन्छ ।
कार्यक्रम हल सजाउन र बिभिन्न बिषयहरू व्यावस्थापन गर्न प्रमुख भुमिका निभाउनु हुने Winchester बासी मित्र श्री हरि बहादुर दुरा, श्री सिंह बहादुर दुरा श्री गणेश बहादुर दुरा, श्रीमती जयन्ति दुरा साथै सबै मित्रहरूलाई यहांहरूको महत्वपुर्ण सहयोगहरूको प्रशौस गर्दै समाज हार्दिक धन्यबाद टक्रयाउद छ । उक्त अवसरमा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरे कार्यक्रमलाइ रमाइलो रोचक पार्नु हुनै सबै बाबु नानिहरूलाई धन्यबाद भन्न चाहन्छ । यस कार्यक्रमबाट हामीहरू बिचको सम्बन्धहरू अझ प्रघाड र झनै संगाठित भएको समाजले महसुस गरेको छ । फेरी पनि अब हुने कार्यक्रहरूमा भेट हुने आसाय र मनसय राख्दै समाज सबैमा आभार प्रकट गर्दछ ।
समाजले प्रमुख अतिथि र नेपालबाट भिजिटमा आउनु भएका पाहुनाहरूलाई खाता फेट्टा र मायाको चिनो दिएर सम्मान गरेको थियो । छोटो औपचारिक कार्यक्रम पछि बिभिन्न नाच, गान तम्बोला र अरू बिभिन्न कायर्क्रमहरू गरेर मिठो खाना र ड्रिसहरू लिदै कार्यक्रको समाप्ति भएको थियो । दुरा सेवा समाज बेलायत प्रमुख र बिशिष्ठ अतिथिहरू, समाजका सल्लाहकार, बरिष्ठ र अग्रज ब्याक्तित्वहरू लगायत सहभगि सम्पुर्ण मित्रहरू प्रति कार्यक्रममा सहभागी भइ कार्यक्रमको शोभा बढाई कर्यक्रमलाई रमाईलो र सफल पारेकोमा समाजका अध्यक्ष श्री फारामबहादुर दुरा आभार प्रकट धन्यवाद टक्रयाउन भएको थियो । साथै कायर्क्रममा कुनै गल्ति र अपुगहरू भएको भए छमा याचना समेत गर्नु भएको थियो ।धन्यवाद ।






