बिसीसी युकेद्वारा खेन रिन्पोछेको स्वागत

SHARE:


पूर्ण गुरुङ

लनडन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके ले काठमाण्डौं बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ लामा गुरु खेन रिन्पोछे घ्युर्मी छुल्टीमलाईं स्वागत गरेको छ । गत शनिबार ३० जुलाईका दिन हिथ्रो एयरपोर्टमा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गलगायत बिसीसी युके परिवारले उनलाई स्वागत गरेको हो ।

उनी बिसीसी युकेले सोमबार १ अगष्टका दिन बिसीसी युकेको अल्डरसट स्थित गुम्बामा छ्योखर दुचेन अर्थात् ठुक्पा छेश्पी तीथिको अवसरमा आयोजना गर्न लागेको बिशेष पुजामा प्रमुखको रुपमा बेलायत आएका हुन् । उक्त दिन उनले बौद्ध दर्शनबारे प्रवचन दिने, पुजापाठ गर्ने, वाङ्गदिनेलगायतको कार्यक्रम रहेको बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले जानकारी दिए ।

उक्त कार्यक्रममा बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, बिसीसी युके परिवार, बिसीसी लण्डन शाखा परिवार, बौद्ध धर्मवालम्वीहरुको उपस्थिति रहने बिसीसी युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले जानकारी दिए । साथै, उनले उक्त पुजामा सहभागी हुन सबै भक्तजनहरुमा अनुरोध गरेका छन्। उनलाई स्वागतार्थ बिसीसी युके का धर्म गुरु खेन्पो केलजङ्ग, लोपेन नोर्बु, अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङलगायत कार्यसमिति, आमा समूह, ट्रष्टीजहरु हिथ्रो एयरपोर्ट पुगेका थिए । करिब ३ हप्ता बेलायतमा रहने खेन् रिन्पोछेले बिसीसी युकेले आयोजना गर्ने विभिन्न धार्मिक कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम रहेको बिसीसी युकेका मिडिया सेक्रेटरी सविन्द्र कुमार गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!