काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला

SHARE:

काठमाडौं १ अगस्ट २०२२ । काठमाडौँको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । काभ्रेस्थलीको पदमसालमा घर बनाएर बसेका गोरखा भीमसेन थापा गाउँपालिका–६ का ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीय छोरी र ८ वर्षको छोरा मृत फेला परेका हुन् ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले घरमुली पाण्डेले परिवारको हत्या गरेर आफूले पनि आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए । “बिहान ८ बजे दिनेशकी छोरी विद्यालयमा नआएपछि छिमेकीमार्फत खबर गर्दा घरको झ्यालढोका बन्द रहेकाले प्रहरी र स्थानीय निकायलाई खबर गरेपछि घरमा गएर हेर्दा चारैजना मृत अवस्थामा फेला परेको पायौँ,”– उनले भने ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घटनास्थलमा प्रहरी टोली र चिकित्सकको टोली पुगेर अनुसन्धान गरिरहेको बताए । उक्त भवनको सबै झ्याल र ढोकाभित्रबाट चुकुल लगाएको अवस्थामा रहेका उनको भनाइ थियो ।

घटनास्थलमा बालाजुस्थित प्रहरी वृत्त, जिल्ला प्रहरी कार्यालय र काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएका प्रहरीका साथै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक डा गोपाल चौधरी र डा आयुष उपाध्यायलगायत टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए । घटनाको बारेमा अनुसन्धान टोलीले कानुनी प्रक्रिया सुरु गरिसकेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!