काठमाडौं साउन १८ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
६ हजार २ जनामा गरिएको कोरोना परीक्षणमध्ये पिसिआरमार्फत ३ हजार ९१ र एन्टिजेनमार्फत २ हजार ९ सय ११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा ५५ हजार ५ सय ५९ जनाले खोप लगाएका छन् ।
हालसम्म ५ हजार ४ सय ३३ जना संक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा कसैको मृत्यु भएको छैन ।






