प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने सत्ता गठबन्धनको सहमति

SHARE:

काठमाडौं साउन १८ ।

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सत्ता गठबन्धनले सहमति गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका शीर्ष नेताबीच बुधबार सो सहमति भएको जानकारी दिए । बालुवटारमा भएको छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको वरिष्ठ नेता पौडेलको भनाइ छ । उनका अनुसार अब सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति औपचारिक रुपमा घोषणा गर्नेछ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी थिए । बैठकमा सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धनका शीर्ष नेता सहभागी थिए । बैठक बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको हो ।

वरिष्ठ नेता पौडेलका अनुसार सत्ता गठबन्धनको अर्को बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!