डब्लूएचओले माग्यो पूर्वी अफ्रिकामा स्वास्थ्यसम्बन्धी सहयोगका लागि १२ करोड अमेरिकी डलर

SHARE:

एजेन्सी साउन १८ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले तीव्र खाद्य सङ्कटको सामना गरिरहेको पूर्वी अफ्रिका हर्न अफ अफ्रिकाका लाखौं मानिसहरूको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न १२ करोड ३० लाख ७० हजार अमेरिकी डलर बराबरको सहयोग आवश्यक देखिएको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले केन्याको राजधानीबाट मङ्गलबार साँझ जारी गरिएको एक विज्ञप्ति भने “यो रकम रोगहरूको प्रकोप पत्ता लगाउने र त्यसको प्रतिक्रिया दिने देशहरूको क्षमतालाई सुदृढ पार्ने, जीवन बचाउने औषधी तथा उपकरणहरूको आपूर्तिको सुनिश्चित गर्ने, स्वास्थ्य सेवा प्रावधानहरूमा अन्तर पत्ता लगाउने र बिरामी तथा गम्भीर कुपोषित बालबालिकाहरूलाई उपचार प्रदान गर्नेजस्ता तत्काल उपायहरूतर्फ जानेछ ।”

महानिर्देशक घेब्रेयससले भने, “यस दोहोरो खतराप्रति प्रतिक्रिया जनाउँदै, कुपोषित मानिसहरूलाई उपचार प्रदान गर्न र सङ्क्रामक रोगबाट बचाउन जमीनमा हाम्रो कार्यलाई सहयोग गर्न डब्लूएचओ अन्तरराष्ट्रिय समुदायको खोजीमा छ ।”यस क्षेत्रमा फैलिएका जिबुटी, इथियोपिया, केन्या, सोमालिया, दक्षिण सुडान, सुडान र युगान्डा गरी सात देशहरूमा ८० करोड व्यक्ति खाद्य असुरक्षाको कारण पिडित भएको अनुमान गरिएको छ ।

तीन करोड ७० लाखभन्दा बढी मानिसहरू सङ्कटको चरणमा छन् जहाँ मानिसहरूले दुई छाक खानका लागि समस्या झेलिरहेका छन् र कुपोषणबाट ग्रसित बनेका छन् । युद्ध, जलवायु परिवर्तन र कोभिड–१९ को महामारीले अर्न अफ अफ्रिका भनेर चिनिने सोमालियाली प्रायद्वीप भोकमरीको केन्द्र बनेको छ र यसले त्यहाँका मानिसहरूको स्वास्थ्य र जीवनलाई भयावह असर पारेको छ ।

मानिसहरूले स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्न, गम्भीर कुपोषण भएका बिरामी बालबालिकाको उपचार गर्न र संक्रामक रोगहरूको प्रकोप रोक्न, रोगहरू पत्ता लगाउन र प्रतिक्रिया देखाउन आकस्मिक अवस्थाको लागि अफ्रिकाले आफ्नो आकस्मिक कोषबाट एक करोड ६० लाख डलर रकम विनियोजन गराइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!