काठमाडौं साउन १९ ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने सरकारले निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिए ।
सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो । यसैबीच मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मङ्सिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ ।
२०७४ सालमा मङ्सिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो ।






