नेपालको आगामी चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय [विज्ञप्तिसहित]

SHARE:

काठमाडौं ५ अगस्ट २०२२ । सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि तालमेल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवासी बालुवाटारमा शुक्रबार बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै चुनाव लड्ने समझदारी भएको हो । त्यस्तै भदौको पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारी भएको छ ।

त्यस्तै सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ । सरकारले बिहीबारमात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।

गत स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले तालमेलका आधारमा चुनावमा प्रतिस्पर्धा गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!