काठमाडौं अगस्ट १२ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई स्वदेशभित्रै उचित शिक्षा र रोजगारी सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले भविष्य खोज्न विदेश जाने र स्वदेश नफर्कने अवस्थाको अन्त्य गरी नेपालमा नै उचित शिक्षा र रोजगारीको अवसरको सृजना गर्नुपर्ने धारणा राखेका छन् । देउवाले परिवर्तनको संवाहक मानिने युवा वर्गको साथ लिएर मात्र यो मुलुकको विकास र समृद्धि अघि बढ्ने बताए ।
देउवाले यो परिस्थितिको अन्त्य गरी नेपालमा नै उचित शिक्षा र रोजगारीको अवसरहरूको सृजना गर्न सबै उत्तरदायी बन्नुपर्ने बताए ।






