फोनिजको स्थापना दिवसमा चार पत्रकार पुरस्कृत, खिम घलेलाई अभिनन्दन

SHARE:

काठमाडौं ११ अगस्ट २०२२ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चारजना पत्रकारलाई प्रदान गरेको छ ।

फोनिजको २३औँ स्थापना दिवसमा शुक्रबार आयोजित कार्यक्रममा छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँकी अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरकी अप्सरा समाललाई पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रदान गरेका थिए। उनले पत्रकारको कामको योगदानको कदर गर्दै सम्मान गर्नु राम्रो कार्य भएको र यसले आफ्नो काममा थप हौसला मिल्ने बताए ।

फोनिजले यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरेको छ । कार्यक्रममा फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिं कुलुङ र पूर्वअध्यक्षद्वय खिम घले तथा मोहनसिं लामालाई अभिनन्दनसमेत गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!