
जयराम तामांग – बेलायत
गत अगस्त १३ तारिख शनिबारको दिन सुइण्डनको फ्रेश्ब्रूक चर्चमा एन सिसि युकेसंग आबद्द रहेका नेपाली ईसाइहरुको दक्षिण पश्चिम क्षेत्रिय संयुक्त संगति भव्यताका साथ् सम्पन्न भएको छ।
९ वटा चर्चहरुको सयुक्त संगतिमा एन सिसि ए अल्डर्शट , याहावे चर्च क्याम्बर्ली , न्यु लाइफ चर्च अक्सफोर्ड , सी एन पी सी कोल्चेस्टर , एबिसी चर्च सुइण्डन , महिमा चर्च सुण्डन , सुइण्डन नेपाली चर्च , बि एफ सी चर्च , र जे एफ सी चर्चहरुले भाग लिएको थियो। भर्खरै स्थापना हुदै गरेको फेथ हिमालयन चर्च सुइडनले पनि त्यस संगतिमा भाग लिएका थिए। दुइ सय पचास जनाको हाराहारीमा उपस्थित रहेको उक्त सभामा सुइण्डन नेपाली चर्च का पास्टर गोपाल राइ र श्रीमती प्रेम कुमारी राइले टाढा नजिक सबै ठाउँ बाट उपस्थित हुने सबैलाई स्वागत गरेका थिए ।
एल्डर टंकले संचालन गरेको उक्त सभामा पास्टर फिलिप रसाइली ले परमेश्वर म बाट के चाहनु हुन्छ भन्ने बिषयमा बचन बोल्नु भएको थियो । पास्टर रसाइलीले न्यायोचित काम गर्नु , कृपालाई प्रेम गर्नु, र परमेश्वरसंग हिड्नु भन्ने तीनवटा बुँदाहरुलाई बाइबलको विभिन्न खण्डहरु बाट बिस्तृतरुपमा बोल्नु भएको थियो। कोयर ग्रुपका अगुवाहरु ब्रदर उदय र ब्रदर प्रज्वल राईको समुहले विभिन्न भजनहरु कोरसहरुलाई गाउँदै अगुवाई गर्नु भएको थियो। एल्डर फिलिप राइ को संयोजकमा सम्पन्न उक्त सेवामा पास्टर लक्ष्मी ले प्रभु भोजको बचन शेअर गर्नु भएको थियो।
खानपिनको व्यवस्था ब्रदर डेविड लिम्बुले गरेका थिए भने पिउने पानी तथा विभिन्न किसिमका सफ्ट ड्रिंक्स को ब्यबस्था ब्रदर नबिन तामांग र ब्रदर वाङ्ग्देन गरेका थिए। सिस्टर मंजु , सिस्टर एनजी ,सिस्टर जोर्जिना र सिस्टर स्वेच्छाले बाल संगतिको अगुवाई गरेका थिए। सिस्टर प्रमिलाको समुहले चियापानीको ब्यबस्था गर्नु भएको थियो भने थोमस पुनको समुहले कार पार्किंगको ब्यबस्थापन गरेका थिए। सेवाको अन्त्यमा एल्डर जोसेफ ले सबैलाई धन्यबाद दिदै प्रार्थना गरेर सेवालाई अन्त्य गर्नु भएको थियो।







