
14 Aug 2022.
जमुना पुन – बेलायत
२८ सौं बिश्व आदिवासी दिवस बेलायतको अल्डर्सर्टस्थित प्यालेस रेस्टुरेन्टमा भब्य रुपले सम्पन्न भएको छ। यस दिवसलाई नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके, नेपाल आदिवासी जनजाति युबा महासंघ युके र नेपाल आदिवासी जनजाति साहित्य तथा लेखक महासंघ युकेले संयुक्त रुपमा आयोजना गरेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्तकला राइले स्वागत मन्तब्य दिएका थिए भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा रानाले बेलायतस्थित स्थापित नेपाल आदिवासी जनजाति महासंघहरुद्वारा संयुक्त रुपमा तयार पारिएको कार्यपत्र प्रश्तुत गरेका थिए।
नेपाल आदिवासी जनजाति युबा महासंघ तदर्थ समितिका युकेका सहसंयोजक रुद्र थापाले नेपाल आदिवासी अन्तराष्ट्रिय समन्य समितिले पठाएका शुभकामना मन्तब्य प्रश्तुत गरेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ युकेका बरिष्ठ उपाध्यक्ष लिला सेलुङ माबोले नेपाल आदिवासी जनजाति महासंघ केन्द्रले पठाएको शुभकामना मन्तब्य प्रश्तुत गरेका थिए।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युकेका सल्लाहकार बिश्वासदिप तिगेलाले बिश्व आदिवासीहरुको बारेमा तयार पारिएको कार्यपत्र प्रश्तुत गरेका थिए। उनले बिशेष गरेर बेलायत, क्यानडा अस्ट्रेलिया, भारत र चाइनाको आदिवासीहरुको अवस्था र राज्यले ब्यबस्था गरेको अधिकारको बारेमा लेखिएको कार्यपत्र गरेका थिए। कार्यपत्रमा बिश्व आदिबासीको र नेपालको आदिवासी जनजातिको अबस्था तुलना गरेका थिए। अन्त्यमा नेपालका आदिबासीहरु अन्य देशको आदिबासीहरुको तुलनामा एकदमै नाजुक अबस्थामा रहेको र राज्यबाट हेपिएको अबस्था छ भन्ने उनको निष्कर्ष थियो।
कार्यक्रमा बिश्वास दिप तिगेलाले प्रकाशित गरेका “Why China not Replacing America” भन्ने पुस्तक बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचारले बिमोचन गरेका थिए।
नेपाल आदिवासी जनजाति साहित्य तथा लेखक महासंघ युकेका संयोजक अमित थेबे (मिहाङ) ले प्रदेश नम्बर एकको नामाकरणको बारेमा एक प्रेस बिज्ञप्ति प्रश्तुत गर्दै सो प्रेस बिज्ञप्ति राजदुत आचार्यलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नेपाली फिल्म क्षेत्रका चर्चित नायिका तथा हालसालै सगरमाथाको चुचुरामा पुग्न सफल पर्वतारोही दिया पुनलाई बेलायतमा स्थापित बिभिन्न संघ संस्थाहरुले सम्मान गरिएका थिय। आदिबासी दिवसमा उनले एउटा भिडियो किलिप प्रश्तुत गरेकी थिइन्। सो भिडियो किलिप्मा नायिका पुनले सगरमाथाको चुचुरोबाट “ब्रिटिश गोर्खाहरुलाई ब्रिटिश सरह सम्मान पेन्सन दिनु पर्छ” भन्ने संदेश दिएकि थिएन।

बिश्व आदिवासी दिवसमा बेलायतका लागि नेपाली राजदुत तथा प्रमुख अतिथि महमहिम ज्ञानचन्द्र आचार्य, बिशेष अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका संस्थापक सचिब तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका सल्लहाकार भक्त दुरा, गैर आबसीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाह, नायिका दिया पुन, तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङ, मगर संघ युकेका अध्यक्ष सीता पुन, किराँत राइ यायोखा युकेका अध्यक्ष योगेश राई, नेपाल आदिवासी जनजाति महासंघ युकेका निर्बतमान अध्यक्ष तथा छन्त्याल संघ बेलायतका पुर्ब अध्यक्ष तुल छन्त्याल, दुरा सेवा समाज युकेका अध्यक्ष फारम बहादुर दुरा, नेपाल आदिवासी जनजाति महासंघ युकेका निबर्तमान अध्यक्ष तथा सेवा समाज युकेका निबर्तमान अध्यक्ष जंग सुनुवार, किरात याक्थुम चुम्लुङ बेलायतका अध्यक्ष नरबिर आङबोलगायत बेलायत निवासी नेपाली काउन्सिलरहरु बिष्णु गुरुङ, एलेस क्रोफोर्ड, जीव बेल्बसीले आ-आफ्ना भनाइ तथा शुभकामना मन्तब्य राखेका थिए।
आदिवासी दिवसमा बिभिन्न संघ संस्थाहरुले आ-आफ्नो संस्कृति अन्तर्गतका झाँकी तथा नृत्य प्रश्तुत गरेका थिए।
आदिवासी दिवसमा नेपालबाट बेलायत आएका नेपाली कलाकारहरु तारा श्रीस, अनुपमा मगर, गीता पाइजा, रेशम निर्दोष, शान्ता रानी परिवार, हेमन्त कान्छा रसाइली, गगन पुन, निर आलेमगर, रणबहादुर थापा, बिशाल रायमाझी, भुपेन्द्र थापामगर, रिना थापामगर र अस्मिता डल्लाकोटीलाई सम्मान गरिएको थियो।
उक्त दिवसमा बेलायतमा कृयासिल समाजसेवीहरु, साहित्यकारहरुलगायत पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो। सम्मान पाउनेहरुमा रिता लिम्बु, विजय हितानमगर, भावना प्रश्कृत, किरण लिम्बु, नरेश खपांगीमगर, ज्ञाम गुरुङ, बिश्वासदिप तिगेला, नरेश काङ्ग बाङ्ग राई डा सुमया राई, सुबर्ण नेम्बाङ्ग, एकेन्द्र गुरुङ र दुत पुन (चिम्खोले काईला) रहेका थिए।

नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले अध्यक्षतामा सप्म्पन्न भएको उक्त दिवसका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य थिए भने नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिब बिमला सेनेले संचालन गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिहरु, अतिथिहरु, नेपाल आदिवासी जनजाति महासंघ युकेका संस्थापक अध्यक्ष थर्क राना, निबर्तमान अध्यक्षहरु तुल छन्त्याल, ले श्री लिम्बु, जंग सुनुवार उपस्थिति रहेका थिय । अतिथिमा काउन्सिलरहरु अलेस क्रोफोर्ड, बिष्णु गुरुङ, जीव बेलबासे, नेपाल एम्ब्यासी लण्डनका काउन्सिलर गजेन्द्र राई र नेपाल दुरा सेवा समाज केन्द्रका बर्तमान सचिब इन्द्रजंग दुराको उपस्थिति रहेका थिय भने गोर्खाली अभियन्ताहरु, मेजर जुद्ध गुरुङ, मेजर उदय गुरुङ, ज्ञानराज राई, कृष्ण बहादुर राई, पुष्पा राणा घले, भक्त बहादुर गुरुङ, मान बहादुर गुरुङ, बेलायतमा स्थापित जातीय संस्थाका अध्यक्ष र उनका प्रतिनिधिहरुलगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरु, समाजसेवीहरु र पत्रकारहरुको बाख्लो उपस्थिति रहेको थियो।






