प्रधानमन्त्रीले भने : मंसिर ८ पछि गठबन्धन सरकार रहँदैन

SHARE:

काठमाडौं अगस्ट १५ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताएका छन् ।

सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘देशको साहित्यिक, सांस्कृतिक क्षेत्रलाई सुदृढ गर्नुपर्नेछ । उपत्यकाभित्र बसोवास गर्ने, प्रत्येक जाति, संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा हुन् । यिनको खोजि र प्रकाशन आजको प्रमुख आवश्यक्ता हो । जहाँसम्म प्रज्ञा प्रतिष्ठानको मंसिरसम्म म्याद छ । हाम्रो त मंसिर ८ गते गइहाल्छ, हेर्नुहोस् त्यस्तो छ।’

देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने उनको भनाइ छ । कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए ।

देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यक्ता रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!