बिसीसी युकेद्वारा चिल्ड्रेन समर क्याम्प आयोजना गर्दै

SHARE:


पूर्ण गुरुङ

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले ३ दिने चिल्ड्रेन समर क्याम्प आयोजना गर्ने भएको छ । २४, २५ र २६ अगष्टका दिन बिसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प आयोजना गर्न लागिएको हो ।

विशेषगरी बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, साम्बुटा लिपी लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गर्न लागिएको बिसीसी युकेका प्रमुख सल्लाहकार एवं उक्त समर क्याम्पका संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनका अनुसार उक्त समर क्याम्पमा भाग लिन आउने बालबालिकाहरुलाई बिसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जेङ, लोपन नोर्बुलगायत बिसीसी युकेका पदाधिकारीहरुले विभिन्न विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

बिसीसी युकेले गतबर्ष २०२१ को अगष्ट महिनामा पहिलोपटक आयोजना गरिएको ३ दिने समर क्याम्पमा २७ जना बालबालिकाहरुले भाग लिएका थिए । उक्त ३ दिने समर क्याम्प संचालनबाट धेरै बालबालिकाहरुले बौद्ध दर्शन, मेडिटेशन, योगालगायतको विषयमा जानकारी गराउन सफल भएको कार्यक्रम संयोजक मेजर गुरुङले जानकारी गराउँदै यसपटकको क्याम्पबाट समेत धेरै बालबालिकाहरुले बौद्ध दर्शनबारे जानकारी लिने विश्वास व्यक्त गरे ।

उक्त ३ दिने चिल्ड्रेन समर क्याम्पमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रत्येक दिन बालबालिकाहरुलाई बौद्ध शिक्षासंगसंगै मनोरञ्जनात्मक खेल समेत खेलाइने छ । उक्त समर क्याम्पमा आफ्ना बाबूनानीहरुलाई पठाउन इच्छुक अभिभावकहरुले गुम्बामा सम्पर्क गर्न बिसीसी युकेले हार्दिक अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!