नेपालीले विदेश जाँदा ९७ अर्ब खर्च गरे

SHARE:

काठमाडौं अगस्ट १६ ।

गएको आर्थिक वर्ष २०७८/७९ मा खुद सेवा आय एक खर्ब आठ अर्ब १२ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्ष खुद सेवा आय ७२ अर्ब ८५ करोड रुपैयाँले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गएको वर्ष भ्रमण आय तीन सय ४६ प्रतिशतले बढेर ३२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय सात अर्ब २७ करोड रुपैयाँ रहेको थियो । यस्तै सेवा खाताअन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च एक सय ९६ दशमलव सात प्रतिशतले वृद्धि भइ ९७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये शिक्षातर्फको खर्च ६७ अर्ब ७० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ३२ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!