बीसीसी युकेले च्यारिटी डिनर नाईट आयोजना गर्दै

SHARE:


पूर्ण गुरुङ
17 Aug 2022. लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले वार्षिक परोपकारी रात्रिभोज अर्थात् च्यारिटी डिनर नाईटको आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बर ४ आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको हो ।

आफ्नो बौद्ध परम्परालाई संरक्षण तथा सम्वद्र्धन गर्दै बौद्ध दर्शनलाई हरेक मानव समुदायसम्म पु¥याउने उद्देश्यकासाथ स्थापना भएको बीसीसी युकेले यसअघि विभिन्न परोपकारी कार्यका लागि च्यारिटी डिनर नाईटको आयोजना गरिएको भएता पनि यसपटक भने बीसीसी युकेको आगामी परियोजना तथा मर्मतसंहारमा खर्च गरिने उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोबिन गुरुङले जानकारी दिए ।

बिसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जेङ, लोपन नोर्बुले कार्यक्रमको शुरुवात अष्टमंगललगायतका पाठहरु गर्ने छन् । त्यस्तै, बिसीसी युकेका पदाधिकारीहरुले बीसीसी युकेले गर्दै आएका विभिन्न कार्यहरुबारे पावर पोइन्ट प्रिजेन्टेशन तथा भिडियो रिपोर्टमार्फत जानकारी गराउने कार्यक्रम रहेको छ ।

स्थापना कालदेखि प्रत्येक बर्ष च्यारिटी कार्यक्रमको आयोजना गर्दै आएको बीसीसी युकेले कोभिड–१९ पश्चात पहिलोपटक च्यारिटी कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमका लागि इन्टरनेश्नल बुद्धिष्ट कन्फेडेरेशनका महासचिव भेनरेवल धम्मापियाको प्रमुख आतिथ्य, बेलायतका लागि नेपाली राजदूत आचार्य र स्थानीय एमपी लियो डोचार्टीको बिशेष उपस्थिति रहने बताइएको छ । त्यस्तै, स्थानीय उद्यमी, व्यापारी, बीसीसी युकेका ट्रष्टीज, लाईफ मेम्बर, कार्यसमिति, आमा समिति, भक्तजन, शुभचिन्तकलगायत विभिन्न संघसंस्थाका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहने छ ।

उक्त च्यारिटी डिनर सम्पन्न गर्नका लागि अध्यक्ष तामाङ इभेन्ट डाईरेक्टर, उपाध्यक्ष रोबिन गुरुङ इभेन्ट कोर्डिनेटर र महासचिव क्याप्टेन देब घलेले एसिस्टेन्ट ईभेन्ट कोर्डिनेटरको जिम्मेवारी लिएका छन् ।

उक्त कार्यक्रम सम्पन्न गर्नका लागि संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ एमविई, निवर्तमान अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, उपाध्यक्ष आङ्गदावा शेर्पा, कोषाध्यक्ष मेजर हितमान गुरुङ, पीआर अफिसर मेजर खिम गौचन, एसिस्टेन्ट पीआर जोय, एसिस्टेन्ट प्रोजेक्ट कोर्डिनेटर बिष्णु तमाङ, मिडिया सेक्रेटरी एसके गुरुङ, सदस्य पंच सामदेनलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले विभिन्न जिम्मेवारी लिएका छन् ।

त्यस्तै, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, निवर्तमान आमा अध्यक्ष पुष्पा गुरुङ, आमा सचिव शारदा गुरुङलगायत आमाहरुले समेत कार्यक्रमलाई आ–आफ्नो क्षेत्रबाट सघाउने भएको छ ।

दिउँसो ४ बजेदेखि राति ११ः५९ बजेसम्म संचालन हुने उक्त च्यारिटी कार्यक्रममा बौद्ध दर्शन, धार्मिक प्रवचन, साँस्कृतिक कार्यक्रम, अक्सन, राफल ड्रलगायतको कार्यक्रम रहेको कार्यक्रम संयोजक एवं उपाध्यक्ष रोबिन गुरुङले जानकारी दिए । त्यस्तै, उनले उक्त कार्यक्रमका लागि खेलाईने राफल ड्र, भोजनदान, खाजा तथा चियापान दान, सिधै च्यारिटी सहयोग गरि बीसीसी युकेको परोपकारी अभियानमा हातेमालो गरिदिनहुन सम्पूर्ण उद्यमी, व्यवसायी, व्यापारी, संघसंस्थालगायत बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अपील गरेका छन् । साथै, उनले उक्त कार्यक्रममा उद्यमी तथा व्यापारीहरुले आ–आफ्ना व्यवसायको रोलर व्यानर विज्ञापन राख्न सकिने भएको हुँदा विज्ञापन दिनुभई च्यारिटीमा सहयोग गर्न अनुरोध गरे ।

स्मरण रहोस्, बीसीसी युकेले स्थापना कालदेखिनै नेपालमा बाढीपहिरो, भूकम्प, कोरानालगायत विपत्तीमा सहयोग गर्दै आएको छ । र, त्यस्तै, बेलायतमा समेत स्थानीय च्यारिटीमार्फत सहयोग गरिरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!