एनआरएन युकेको ३९ हजार पाउण्ड चोरीको विषयमा कोषाध्यक्ष खरेल माथि छानविन शुरु

SHARE:

भरतमणि चोङ्बाङ

लण्डन । १७ अगष्ट २०२२ । गैर आवासिय नेपाली संघ (एनआरएन) युकेको खाताबाट बाहिरिएको ३९ हजार पाउण्ड (लगभग नेरु ६० लाख) सम्बन्धमा कानुनी रुपबाट छानविन शुरु भएको छ ।

एनआरएन राष्ट्रिय समन्वय परिषद युकेका कोषाध्यक्ष विष्णु खरेलले छलकपड गरि, अध्यक्षको जानकारी बिना पैसा निकालेर अन्यत्र पठाएको विषयमा युकेको च्यारिटी कानुन अन्तर्गत पहिलो चरणको सोधपुछ शुरु भएको छ । खरेललाई हप्तादिन भित्र कारण दिन र २८ दिन भित्र सो रकम फिर्ता गर्न हिजो १६ अगष्ट २०२२ का दिन औपचारिक पत्र हूलाक मार्फत र इमेल मार्फत पठाईएको छानविन कमिटीले बताएको छ ।

पैसा अन्यत्र लैजानमा अरु कसैको प्रभाव रहेको छ वा छैन, यदि देश बाहिर पैसा पठाईएको भए परराष्ट्र कानुनको विधि अनुसार दुवै देशका सम्बन्धित निकायहरुलाई पनि आग्रह गरिने तयारी रहेको स्रोतले जनाएको छ ।

गत ६ अगष्टको दिन सम्पन्न ११ औं साधारणसभा तथा संघसंस्था सभाले डा. भिम पुनको नेतृत्वमा तिन सदसिय छानविन समिति र पूर्व अध्यक्ष रिटायर्ड मेजर डम्बर घले नेतृत्वमा मध्यस्थता समिति पनि निर्माण गरेको छ ।

भवदीय,

भरतमणि चोङ्बाङ
प्रबक्ता
गैर आवासीय नेपाली संघ युके।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!