नागरिकता विधेयक बहुमतले पारित

SHARE:

काठमाडौं अगस्ट १८ ।

नागरिकता विधेयक बहुमतले फेरि पारित भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्‌मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको प्रतिनिधिसभाको बैठकमा पूर्णतया छलफल गरी मत विभाजनसहित बहुमतले पारित भएको हो । मतदानमा नागरिकता विधेयकको पक्षमा १३५ मत, विपक्षमा ६० मत परे भने मत दिन्नँ भन्ने पक्षमा एकमत पनि परेको थिएन ।

प्रतिपक्ष दल नेकपा एमालेले विधेयक पास गर्न मतदानको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरु​लाई मतदानको अवसर दिएका थिए । तर प्रतिनिधिसभामा एमालेका ९८ जना सांसद रहे पनि मतदानका वेला ३८ जना सांसद अनुपस्थित रहेका थिए । यसअघि सो विधेयकबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अब रोकेर राख्न सक्ने अवस्था नरहेको बताएका थिए । उनले प्रमुख प्रतिपक्षी एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयकअनुसार नै यो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्कसमेत गरेका थिए । गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधानअनुकूल हुने गरी ल्याएको दाबीसमेत गरेका थिए ।

सरकारले अब विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिकहाँ पठाउनेछ । प्रतिनिधिसभाको अर्को बैठक भदौ ५ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!