पाँचथर थर्पू समाज यूकेको नवौं बार्षिक भेटघाट सम्पन्न

SHARE:

Panchthar Tharpu Society UK 2022.jpeg
योगेन्द्र विक्रम तावा
लण्डन । पाँचथर थर्पू समाज यूकेको नवौ बार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गत आइतबार १४ अगस्टको दिन अल्डर्शटको एम्पायर हलमा भएको कार्यक्रममा अतिथिहरुसहित झण्डै ६० जनाको उपस्थिति रह्यो ।

समाजका अध्यक्ष खुशी लिम्बूले अध्यक्षता र सचिव योगेन्द्र विक्रम तावाले सञ्चालन गरेको कार्यक्रममा पाँचथर समाजसेवा यूकेका पूर्व साँस्कृतिक सचिव महेश्वरी नेम्बाङको विशेष उपस्थिति रह्यो । त्यस्तै, किराँत याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष शान्त हुक्पाचोङबाङ, कोषाध्यक्ष दीपेन्द्र यक्सो, पूर्व बरिष्ठ उपाध्यक्ष नगेन्द्र विक्रम नेम्बाङ, पूर्व महासचिव विजय विक्रम लिङदेन लगायतका अथितिहरु पनि उपस्थित थिए ।

किराँत याक्थुङ चुम्लुङ यूकेका पदाधिकारहरुसित पाँचथर थर्पू समाज यूके .jpeg

बार्षिक भेटघाट तथा सम्मान कार्यक्रममा समाजका पूर्व अध्यक्षद्धय चन्द्रबहादुर सुन्दास र तिलबिक्रम तावा, साथै समाजका सल्लाहकारहरु मनकुमार काम्बाङ, मोहन माबो, ठालुमान माबो, आइतहाङ माबो र लिला सेलिङ माबो लगायत समाजका बरिष्ठ सदस्यहरु उपस्थित थिए ।
कार्यक्रममा समाजका अध्यक्ष र विशेष अतिथिले पानसमा दीप प्रज्वलन गरेर नवौं बार्षिक भेटघाट तथा सम्मान कार्यक्रमको उदघाटन गरे। त्यसपछि नेपाल र ब्रिटेनको राष्ट्रिय गीत बजाएर औपचारिक कार्यक्रमलाई अघि बढाइयो । औपचारिक कार्यक्रमको प्रारम्भमा कार्यसमिति सदस्य श्रीमती नन्द सुन्दासकी ममतामयी आमा हर्कमाया रनपहेली हालै दिवंगत हुनुभएकोमा साथै कोभिड र विभिन्न कारणले विगत तीन बर्षमा दिवंगत भएका समाजका सदस्यहरुका आफन्त र नातागोताहरुको सम्झनामा एक मिनेट मौन धारण गरियो ।

कार्यक्रममा उपस्थित सबैका लागि समाजकी कोषाध्यक्ष बिमला सिगूले स्वागत मन्तव्य दिइन् भने समाजका पूर्व अध्यक्ष चन्द्रबहादुर सुन्दासले धन्यवाद मन्तव्य दिएका थिए ।

https://www.youtube.com/watch?v=F0Iy0CI3bDA&t=2s

कार्यक्रमको प्रथम सत्रको अन्तमा यस बर्ष बिभिन्न विधाहरुमा सफलता हासिल गर्ने समाजका सदस्यहरुलाई अध्यक्ष खुशी लिम्बूले खदा र प्रमाणपत्र प्रदान गरी बधाई ज्ञापन गरे । जसमा युनिभर्सिटी अफ लण्डन, रोयल होलवेबाट इतिहासमा बीए गर्ने नेहा तावा, एडल्ट नर्सिङमा बीए गर्ने मञ्जू तावा, कम्प्युटर साइन्समा बीएस्सी गर्ने आशीष तावा, अकाउण्टिङ र फाइनान्समा बीए गर्ने युञ्छो तावा, सिनियर आइटी अफिसर हुने आशीष सुन्दास, गणितमा बीए गर्ने सिलिया माबो, क्रिमिनलजी अन्तर्गन कर्पोरेट क्राइममा मास्टर्स गर्ने लिला हाङमा माबोलाई अध्यक्ष खुशी लिम्बुले खदा र प्रमाणपत्र प्रदान गरी सम्मान गरे ।

 कार्यक्रमको पुरा भिडियोः https://www.youtube.com/watch?v=NhDTEKMVk4s&t=2421s

औपचारिक कार्यक्रमको दौरानमा समाजका निवर्तमान अध्यक्ष तिलविक्रम तावाले वर्तमान अध्यक्ष खुशी मान तावालाई समाजको सहयोगमा सिरिसे निमावि गत बर्ष माध्यमिक विद्यालयमा स्तरोन्तति भएकोमा खुशी व्यक्त गर्दै झण्डै एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । उक्त रकम यसै बर्षको अन्ततिर सिरिसे स्कूल भवनको शिलालेख तयारी र भवन हस्तान्तरण समारोह आयोजनामा खर्च गरिने भएको छ ।

कार्यक्रमको दोश्रो भागमा नेपालदेखि आएका गायक राजन कार्कीले आफ्ना मौलिक सांगीतिक प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन दिलाए । त्यस्तै स्थानीय कलाकार आकृति राईको नृत्य प्रस्तुतिहरु अति नै मनमोहक थिए ।
आकृति राईको मनमोहक नृत्यः डाली डाली फूल फुल्यो
कार्यक्रममा राफल ड्र पनि आयोजना गरिएको थियो, जसको सञ्चालन समाजका सल्लाहका मनकुमार काम्बाङले गरेका थिए ।नवौं बार्षिक भेटघाट तथा सम्मान कार्यक्रमको समापन गर्ने क्रममा समाजका अध्यक्ष खुशीमान तावा लिम्बूले कार्यक्रम सफल पार्न आआफ्नो तर्फबाट सहयोग पुर्याउने र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सोही स्तरको सहयोग र सदभावको अपेक्षा राखेका छन् ।

पाँचथर थर्पू समाज यूके सन् २०११ मा बेलायतमा स्थापना भएको थियो । बेलायतमा रहेका आफ्ना सदस्यहरु र आफ्नो उदगम स्थल पाँचथर जिल्लाको साविक थर्पू गाविसको सहयोग र विकासमा काम गदैआएको छ ।
औपचारिक कार्यक्रमको समापन गर्दै अध्यक्ष खुशी लिम्बू

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!