विशेष महाधिवेशन गर्ने माओवादीको निर्णय

SHARE:

काठमाडौं अगस्ट २० ।

नेकपा माओवादी केन्द्रले पार्टीको विशेष महाधिवेशन गर्ने भएको छ ।

महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुंगाएको माओवादीले चुनावपछि बिशेष महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
उनले भने, ‘अहिले हामीले निर्वाचनलाई लक्षित गरेर सन्तुलित रुपमा पार्टी पदाधिकारी तोकेका छौँ। विशेष महाधिवेशन गर्ने निर्णय भएको छ। तर समय तोकिएको छैन। विशेष महाधिवेशनमा पदाधिकारी हेरफेर हुनसक्छ।’

गत पुसमा भएको महाधिवेशनले १५ सदस्यीय पदाधिकारी राख्ने निर्णय गरे पनि शनिबारको बैठकबाट पदाधिकारीको संख्या २१ पुर्‍याइएको छ । यस्तै, मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचनको घोषणापत्र लेख्न कार्यदल बनाएको छ ।

बैठकले ७ वटै प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!