एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा हुने

SHARE:

काठमाडौं अगस्ट २० ।

गैरआवासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा हुने भएको छ ।

संघका युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेका अनुसार सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा हुन लागेको हो । सोहीबेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेला समेत हुनेछ। सम्मेलनमा युरोप क्षेत्रमा रहेका संघका राष्ट्रिय समन्वय परिषद एनसीसीमा प्रतिनिधिले भाग लिनेछन् ।

यस्तै, अन्य मुलुकहबाट पनि अतिथि प्रतिनिधि सहभागी हुनेछन् । युवा संयोजक काफ्लेका अनुसार सम्मेलनलाई सफल बनाउन आयोजक समिति बनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!