कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधन

SHARE:

काठमाडौं २० अगस्ट २०२२ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको शनिबार राति ९:३० मा ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेस संसदीय दलका सचेतक मिनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

७५ वर्षीय गिरीलाई घाँटीको क्यान्सर भएको थियो । गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।

नेपाल फर्किना साथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । गिरी निष्ठावान, आदर्शवादी तथा विद्वान् नेताका रुपमा चिनिन्थे ।

सचेतक विश्वकर्माले गिरीको निधनमा गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनका अनुसार गिरीको पार्थिव शरीर आइतबार बिहान ९ देखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पताल ललितपुरको शिवालयमा राखिने, बिहान ११: ३० देखि २:३० सम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपालमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए ।

गिरीको आइतबार नै अन्त्येष्टि गरिने कार्यक्रम तय भएको सचेत विश्वकर्माले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!