एनआरएन युकेले नेपाली टिभी तथा प्रिन्ट मेडियाका पत्रककारहरुसंग अन्तरक्रिया तथा भेटघाट गर्ने ।

SHARE:

भरतमणि चोङ्बाङ – प्रबक्ता गैर आवासीय नेपाली संघ युके
लन्डन । नेपालका चर्चित टिभी तथा प्रिन्ट मिडियाका पत्रकारहरु लन्डन आइपुगेका छन् । विभिन्न मिडियामा आवद्ध १० जना पत्रकारहरु शनिवार बिहान लन्डन हिथ्रो उत्रिएका हुन् ।
लन्डन आएका पत्रकारहरुमा हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टिकाराम यात्री (एपीवान), विक्रम श्रेष्ठ (योहो टिभी), निमेश बन्जाडे (ग्यालेक्सी टिभी), दिवाकर ज्ञवाली (कान्तिपुर टुडे), सन्तोषकुमार देवकोटा (नेपाली पात्रो), स्वरुप आचार्य (इकान्तिपुर) अरुण बहादुर श्रेष्ठ (इकान्तिपुर) र जेम्स् प्रधान (भिडियोग्राफर) छन् । साथमा गायक योगेश्वर अमात्य पनि लन्डन आएका छन् ।
उनीहरुलाई एनआरएनए यूकेसहित बेलायतका विभिन्न संस्थाआबद्ध अभियन्ताहरुले विमानस्थलमा स्वागत गरे । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, थर्क सेन, एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष एलबीजेड गुरुङ, काउन्सिलर विष्णु गुरुङ, शिव कल्चरल सेन्टरका उपाध्यक्ष विक्रम भट्टराई, इनास यूकेका अध्यक्ष विनोद चिपालु, हेल्प नेपाल नेटवर्कका प्रसिद्ध प्रधान लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।
एनआरएनए यूके ‘स्पोन्सरसीप’ मा उनीहरु बेलायत आएका अध्यक्ष गाहामगरले जनाए ।
पत्रकारहरुको बेलायतस्थित विभिन्न शहर तथा सांस्कृतिक धरोहर अवलोकन भ्रमण र रात्री भोज तय गरिएको छ ।
बेलायती संसद भवन, टावर ब्रीज, लन्डन आइ, म्याडम टुसाड, बकिंगहम प्यालेस, अक्सफोर्ड, स्टोनहेज भ्रमण, नेपाली मेलामा सहभागिता आदि कार्यक्रम तय छ । लन्डनस्थित नेपाली राजदूतावासले पनि उनीहरुको सम्मानमा रात्रीभोज राखेको छ । आइतबार हिथ्रो नजिक ‘ब्ल्याक टाइ डिनर’ राखिएको छ । पत्रकारहरुको नेपाली समुदायसंग कुनै औपचारिक कार्यक्रम अहिले नै तय भएको छैन तर गैर आवासीय नेपाली संघ युकेले आफ्नै कार्यालय अल्डरशटमा २३ तारिख मंगलबार साँझ ५ बजे  पत्रकार तथा मिडियाकर्मीहरुसित औपचारिक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएकोछ। ।कार्यक्रमको कोर्डिनेटरको जिम्मेवारी भने संघका प्रबक्ता भरतमणि चोङ्बाङलाइ दिइएकोछ।  । युकेको सफल भ्रमणपछि उनीहरु २९ अगष्टमा नेपाल फर्कने कार्यक्रम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!