१३ औं नेपाली मेलाको पत्रकार सम्मेलन सम्पन्न: तमुधि युके

SHARE:

लन्डन – आइतवार २१ अगस्त २०२२ – बेलायत। तमुधी युकेले नेपाली मेला २०२२ तथा १३ औं संस्करणको लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। नेपाली मेला “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लण्डनको किमटोन पार्कमा आइतबार २८ अगस्तमा सम्पन्न हुनगैरहेको छ।

पत्रकार सम्मेलनमा नेपाली मेलाका प्रमुख संयोजक तथा तमुधी युकेका बरिष्ठ उपाध्यक्ष हरि गुरुङले नेपाली मेलाको सम्पूर्ण कार्यहरु तयारी भई सकेको जानकारी दिएका छन । यस बर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ ३२ टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा १४ टिमले भाग लिने संयोजक गुरुङले बताएका छन। मगर संघ युके, लम्जुङ्ग समाज युके र सोपल समाज युकेले झाँकीमा सहभागिता जनाएपनि प्रतियोगितामा समाबेश नहुने जनाएका छन।

नेपाली मेलाको मुख्य आकर्षणहरु मध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, धौलागिरि नौमती बाजा, जनचेतनालगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको बताएका छन ।

नेपाली मेलामा एम्बसाडोर कप प्रथम स्थानको लागि ११०० पाउण्ड, दोस्रो स्थानको लागि ७०० पाउण्ड, तेस्रो स्थानको लागि ५०० पाउण्ड र २ वटा सान्त्वना पुरुषकार राखिएको छ। झाँकी तर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड र २ वटा सान्त्वना पुरुषकार २०० पाउण्ड राखिएको छ। सांस्कृतिक नृत्यतर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड र २ वटा सान्त्वना पुरुषकार २०० पाउण्ड राखिएको छ। नेपाली मेलामा जम्मा खर्च ३७,००० पाउण्ड खर्च लाग्ने अनुमान गरिएको छ।

एम्बासाडोर कपको लागि नेपाली राजदुतावासले प्रायोजन गरेको छ भने झाँकी को लागि एलएन पाण्डे, सांस्कृति नृत्यको लागि पुरन गिरीले प्रायोजन गर्ने भएको छ।

नेपाली मेला सम्पन्न गर्नका लागि प्रमुख संयोजक तथा संस्थाका बरिष्ठ उपाध्यक्ष हरि गुरुङ, एडमिन संयोजक उपाध्यक्ष जुमकाजी गुरुङ, स्टल संयोजक उपाध्यक्ष तुलाराम गुरुङ, कार्यक्रम संचालक तथा संयोजक महासचिब परशुराम गुरुङ, कार्यक्रम सहसंचालक तथा सहसंयोजक सचिब प्रेम गुरुङ, पाहुना सत्कार संयोजक मेजर कृष्ण गुरुङ, मिडिया संयोजक सर्बिंद्र कुमार (एसके) गुरुङलाइ मुख्य जिम्मेवारी दिइएको छ।

नेपालीमा मेलाको प्रमुख अतिथिमा बिगतका बर्षहरुमा जस्तै बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य रहनुहुने भएको छ भने, बिशेष अतिथिहरुमा बंगला देशको राजदुतलगात बिभिन्न देशका कुटनीतिक आयोगका पदाधिकारीहरु हुने छन। अन्य अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, अन्य काउन्सिलरहरु र मिलिटरी अत्याची ले. कर्नेल रत्न बहादुर गोदारलगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने बताएका छन ।

कार्यक्रममा उपस्थित पत्रकारहरुलाई तमुधी युकेले स्वागत तथा सम्मान गरेका थिए । सम्मान कार्यक्रमलाई तमुधी युकेका मिडिया सचिब तथा एभेरेष्ट टाईम्सका अन्लाइन्स प्रमुख सर्बिंद्र कुमार (एसके) गुरुङले संचालन गरेका थिए।

पत्रकारहरु कर्मा पहाडी शेर्पा, मंजु भण्डारी, विश्वासदीप तिगेला, खुशी लिम्बु, गोमा राना ध्रुब अर्यालले सोधेका प्रश्नहरुको जवाफ संयोजक हरि गुरुङ, अध्यक्ष हितकाजी गुरुङले सहजीकरण गरेका थिए।

तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब परशुराम गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष तथा नेपाली मेलाको प्रमुख संयोजक हरि गुरुङले स्वागत मन्तब्य दिएका थिए।

कार्यक्रममा तमुधी युकेका संथापक अध्यक्ष तथा ट्रष्टी मिन प्रसाद गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुङ, बरिष्ठ साहित्यकार तथा ट्रष्टी एकिन्द्र गुरुङ, आमा समुहका प्रमुख मंजु सीता गुरुङ, बर्तमान तथा निबर्तमान पदाधिकारीहरु संस्थाका बुद्धिजीवी तथा प्रबुद्धबर्गहरुको उपस्थिति रहेको थियो।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुबराज अर्याल, नेफिन युकेका अध्यक्ष तथा ग्लोबल दैनिका सम्पादक कर्मा पहाडी शेर्पा, फोनिज युकेका अध्यक्ष गोमा रानालगायत बेलायतमा स्थापित बिभिन्न संचारगृहका पत्रकारहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!