नेकपा माओवादी र एकीकृत समाजवादीबीच एउटै घोषणापत्र लिएर चुनावमा जाने सहमति

SHARE:

काठमाडौं अगस्ट २२ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ ।

ललितपुरको हात्तीवनमा भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेटमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको हो । चुनावपछि पार्टी एकता गर्नेगरी एकता संयोजन समिति बनाएर जाने सहमति पनि बनेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

यसअघि एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न संयोजन समिति बनाएको थियो । भने, प्रचण्ड नेपालको कम्युनिष्ट एकता बद्ध गराउने प्रयासमा छन् । उनले पूर्वसहकर्मी डा. बाबुराम भट्टराई समेत आफैँसँग ल्याइसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!