गोर्खा वार्ताको टिओआर बैठक बिना निष्कर्ष टुंगियो

SHARE:

लण्डन अगस्ट २२ ।

बेलायत र नेपाल सरकारबीच गोर्खा मुद्धामा हुन लागेको बहुप्रतिक्षित वार्ताको टिओआर टर्म्स अफ रिफरेन्स निर्माणका लागि बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सोमबार लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बसेको बैठकमा बेलायती पक्षले वार्ताको एजेन्डा नै मोड्न खोजेपछि बैठक कुनै निष्कर्षबिनै टुंगिएको गोर्खाहरुले जनाएका छन् । वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्ने जिम्मा पाएका मेजर जुद्धबहादुर गुरुङले वार्ताको एजेन्डामै बेलायत इमान्दार नदेखिएपछि बैठकमा टिओआरबारे छलफल अघि बढ्न नसकेको जनाए ।

बैठकमा गोर्खा आन्दोलन के गरे रोकिन्छ भन्ने बेलायती प्रतिनिधिको प्रश्नमा मेजर गुरुङले यो बेलायत सरकारको कदममा निर्भर हुने र उसले गम्भीर रुपमा नलिए झन् आन्दोलन चर्कने बताएपछि उनीहरु मौन बसेका थिए । आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न कयौं प्रयास भए पनि अहिलेसम्म निकास निस्किएको छैन ।

बैठकमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदार, गोर्खाहरुको तर्फबाट वार्ता प्रतिनिधि मेजर जुद्धबहादुर गुरुङ र बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका तीन अधिकारी सहभागी थिए । आगामी सेप्टेम्बर ५ मा बेलायतमा नयाँ प्रधानमन्त्री निर्वाचित हुनुपूर्व फेरि बैठक बस्ने सहमति भएको जानकारी मेजर गुरुङले गराए ।

यसअघि तयारी छलफलका क्रममा सेप्टेम्बर महिनाभित्र वार्ता शुरु गर्ने र केही चरणको वार्तापछि जनवरीसम्म मुद्धा टुंगोमा पुर्‍याउन बेलायतले प्रतिवद्धता जनाएको थियो । तर वार्ता शुरु हुन नपाउंदै टिओआर बैठकमै मत बाझिएपछि वार्ता थप आशंकाको घेरामा परेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!