दक्षिण अफ्रिकामा बेरोजगारी दर ३३.९ प्रतिशत

SHARE:

एजेन्सी अगस्ट २४ ।

दक्षिण अफ्रिकाको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ३३.९ प्रतिशतमा झरेको छ।

यो अघिल्लो त्रैमासिकको ३४.५ प्रतिशतको तुलनामा ०.६ प्रतिशत बिन्दुले कम हो । “यी नतिजाले सन् २०२२ को पहिलो त्रैमासिकदेखि २०२२ को दोस्रो त्रैमासिकको बीचमा छ लाख ४८ हजार रोजगारी सिर्जना भएको देखाउँछ,” तथ्याङ्कविद्–जनरल रिसेंगा मालुलेकले पछिल्लो त्रैमासिक श्रम शक्ति सर्वेक्षणबारे बताए ।

रोजगारीबाट सबैभन्दा धेरै लाभ सामुदायिक र सामाजिक सेवाहरू, व्यापार, वित्त र निर्माण क्षेत्रमा भएको छ । यसको विपरीत, उत्पादन र यातायातले रोजगारी गुमाएको सर्वेक्षणले देखाएको छ । यहाँको १५ देखि ३४ वर्ष उमेर समूहका बेरोजगारको सङ्ख्या दोस्रो त्रैमासिकमा ४८ लाख पुगेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा २।० प्रतिशतले बढी हो ।

वरिष्ठ अर्थशास्त्री डेवी रूटले सिन्ह्वासँग बताएअनुसार महामारीको कारण भएको लकडाउनबाट मुक्त हुँदै गर्दा कम्पनीहरूले नयाँ कर्मचारीको भर्ना गरिरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!