काठमाडौं अगस्ट २७ ।

एमालेले आगामी संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारहरूको सिफारिस प्रक्रिया २२ भदौभित्र टुंग्याउने भएको छ ।
आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२ भदौभित्र क्षेत्र, जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस प्रक्रियाको काम सक्ने निर्णय गरेको नेता ठाकुर गैरेले जानकारी दिए । अध्यक्ष केपी ओलीले बैठकमा २० भदौभित्र उम्मेदवार सिफारिस सकेर अन्तिम छनोट गर्ने प्रस्ताव गरेका थिए । बैठकले सो प्रस्ताव संशोधन गरेर समयसीमा दुई दिन बढाएको हो ।
त्यस्तै, बैठकले एक पार्टी सदस्यबराबर दुई मतदाता थप्ने योजनासहित सबै टोल(टोलमा भेला गर्ने र एक घर एक सदस्य विस्तार अभियानसहित चुनावी अभियान चलाउने निर्णय पनि गरेको छ । स्थानीय तहमा प्राप्त ३४ प्रतिशतलाई ५० प्रतिशत पुर्याएर बहुमत ल्याउने लक्ष्य एमालेले निर्धारण गरेको छ ।






