काठमाडौं अगस्ट २७ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिगो र द्रुत विकासका लागि व्यवस्थित शहरीकरणको आवश्यकता रहेको बताएका छन् ।
शनिवार बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले शहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको भन्दै शहरलाई अब व्यवस्थित गर्नुको विकल्प नरहेको बताए । उनले नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आएपनि अझै अधिकांश शहरहरु योजनाबद्ध तरिकाले बन्न नसकेको बताए ।
प्रधानमन्त्री देउवाले शहरहरूको योजनाबद्ध तरिकाले व्यवस्थित गर्नको लागि योजना तर्जुमाको साथै आधुनिक तरिकाको पूर्वाधार विकासमा आवश्यकता रहेको बताए । शहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा बनेको सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।






