एनआरएनए यूके को-अप सदस्यमा दुई जना मनोनित गरि दुई जना बर्खास्त

SHARE:

लण्डन अगस्ट २७ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले दुई जनालाई को-अप सदस्यमा मनोनित गरि दुई जनालाई बर्खास्त गरेका छन् ।

समाजसेवी धन तामाङ (देव) र व्यवसायी मनिकला राईलाई मनोनित गरिएको हो । ‘मेरो अध्यक्षतामा रहेको कार्यसमितिमा यहांहरुको प्रवेश ओझपूर्ण छ । संघले सामना गरिरहेको चुनौतिपूर्ण वर्तमान घडीमा तपाईंहरुको गहन भूमिका रहने अपेक्षा गर्दै बधाई र सफल कार्यकालको शुभकामना दिन चाहन्छु’( गाहामगरले भनेका छन् ।

उता, अध्यक्ष गाहामगरले को–अप सदस्यहरु श्याम लुईंटेल र क्षमता ढकाललाई २६ अगष्ट शुक्रबारदेखि लागू हुने गरि वर्खास्त गरिएको जानकारी दिएका छन् । उनीहरुलाई संघको ११ औं वार्षिक साधारण सभा तथा संघसंस्था प्रतिनिधि सभाले दिएको म्यान्डेट अनुसार वर्खास्त गरिएको विज्ञप्तिमा छ । अध्यक्ष गाहामगरले आफूलाई अप्ठेरोमा सहयोग गर्नु पर्नेमा उल्टो आफ्नै विरुद्ध मोर्चावन्दी, संस्थाको हित विपरित कार्य र अन्य विद्रोही सदस्यहरुको साथ लागेर निरन्तर अवान्छित क्रियाकलाप गरेको आरोप दुवै सदस्यमाथि लगाएका छन् ।

पत्रकार लुईंटेल गत वर्ष १६ अगष्ट, २०२१ मा बसेको कार्यसमितिको प्रथम बैठकबाट को–अप सदस्य मनोनित भएका थिए भने ढकाल ३ नोभेम्बर २०२१ मा बसेको कार्यसमिति बैठकबाट को–अप सदस्य मनोनित भएकी थिइन् । क्षमताको शपथ हुन बांकी नै थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!