एजेन्सी अगस्ट २८ ।

बाढीले देशैभर विनाश गरेपछि पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।
अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका देशले इस्लामाबादलाई सहयोग गरेका छन् । तर, बाढीग्रस्त पाकिस्तानलाई अझै धेरै सहयोग आवश्यक परेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण १ हजार भन्दा बढी मानिस विस्थापित भएको मन्त्रालयका अधिकारी सलमान सुफीले बीबीसीलाई बताए । पाकिस्तानको सरकारले जनतालाई मद्दत गर्न सम्भाव्य सबै कदम चालेको उनले बताए ।
देशको उत्तर–पश्चिममा, खैबर पख्तुनख्वा प्रान्तमा नदीको प्रवाह बढेपछि जारौं मानिस विस्थापित भएका छन् । देशको दक्षिण–पूर्वी सिन्ध प्रान्त पनि नराम्ररी प्रभावित भएको छ । हजारौं आफ्नो घरबाट विस्थापित भएका छन् ।






