केन्यामाथि नेपालको रोमाञ्चक जित, केन्या ४ विकेटले पराजित

SHARE:

काठमाडौं अगस्ट २८ ।

नेपाली क्रिकेट टोली केन्यासँगको टी २० सिरिजको तेस्रो खेलमा जित निकालेको छ ।

जिमखाना स्टेडियममा आज सम्पन्न खेलमा नेपालले केन्यामाथि ४ विकेटको जित निकालेको हो । टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । जवाफी ब्याटीङमा उत्रिएको नेपालले ६ विकेट गुमाउँदै १९।३ ओभरमा लक्ष्य पुरा गर्‍यो । सुरुवाती ब्याटिङ गरेको केन्याका लागि केन्याका लागि राकेप पटेल र इर्फान करिमले अर्धशतकीय पारि खेल्दै केन्याको स्कोर बोर्डमा ठूलो स्कोर बनाउन सफल भए। ओपनर शुकदीप सिंहले ८ रन कोलिन ओबुयाले १४ रन बनाएका थिए । त्यसपछी आएका करिमले अविजित ५५ रन बनाउँदा पटेलले सर्वाधिक अविजित ७३ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि डेब्यु खेलमै ओपनर ब्याट्सम्यान अर्जुन साउदले ३४ रन बनाउँदा अर्का ओपनर पवन सर्राफले २० रन बनाए । त्यसपछि आएका ज्ञानेन्द्र मल्लले साउद, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र मोहम्मद आदिल आलमसँग साझेदारी गर्दै नेपालको स्कोर उकासे। उनले ४१ बलमा ४ चौका र १ छक्काको सहायतामा ४६ रन बनाउँदा अर्धशतकबाट भने चुके । त्यस्तै आक्रामक ब्याटिङ गरेका रोहितकुमार पौडेलले २९ र मोहम्मद आदिल आलमले १६ रन बनाए ।

त्यसविचमा दीपेन्द्रसिंह ऐरी भने खराब सट छनोट गर्दै ६ रन बनाएर पभेलियन फर्किएका थिए । एकपटक कमजोर अवस्थामा पुगेको समयमा १७ औं ओभरमा रोहित कुमार पौडेल र ज्ञानेन्द्र मल्लले २१ रन जोडेर नेपाललाई सहज जित तर्फ डोहोर्‍याएका थिए । जितसँगै नेपालले ५ खेलको टी २० सिरिज २(१ को अग्रता बनाएको छ । यसअघि सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो भने दोस्रो खेलमा केन्या विजयी भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!