Intake 1982 ले स्वर्गीय नम्बरीहरुको स्मृतिमा २५ वटा बेलुन खुला आकाशमा छोडे

SHARE:

बेलायत – जमुना पुन

गत सनिवार २७ अगस्तको दिन Intake 1982 गलोबल गोर्खा अर्गानाईजेशन (जिजीओ) ले बेलायतको केन्टस्थित हकिन कम्युनिटी सेन्टरमा ४० सौं बर्षगाँठ धुमधामको साथ मनाएका छन। सो अबसरमा Intake 1982 जिजीओले स्वर्गवास भएका २५ जना स्वर्गीय नम्बरिहरुको स्मृतिमा, मृतक नाम्बरिहरुको आत्माको चीर शान्तीको कामना गर्दै २५ वटा बेलुन खुला आकाशमा छोडेका हुन् ।

Intake 1982 जिजीओको ४० सौं बर्षगाँठ कार्यक्रममा १ देखि १२ प्लाटुनसम्मको सिटिङ प्लान मिलाईएको थियो। सन् १९८२ मा हंगकंगको सेकोङस्थित मलाया लाइन्समा ब्रिटिश आर्मीको आधारभूत तालिम गर्दा आफु जुन- जुन प्लाटुनमा आबद्ध थिए सोहि प्लाटुन अनुसारको टेबलमा श्रीमती सहित बस्ने ब्याबस्था मिलाईएको थियो।

४० सौं बर्षगाँठको कार्यक्रममा सन् 1982 देखि 2022 सम्मको गतिबिधिहरु स्लाइड शो तथा भिडिओ क्लिपद्वारा संस्थाका अध्यक्ष लक्ष्मी घिसिङले प्रदर्शन तथा प्रस्तुत गरेका थिए। बर्ष गाँठको लागि संस्थापक अध्यक्ष देबिन्द्र गुरुङ, निबर्तमान अध्यक्ष प्रकाश रावत, बर्तमान अध्यक्ष लक्ष्मी घिसिङ र उनका धर्मपत्नीहरुले बर्षगाँठको केक काटेर ४० सौं बर्षगाँठ तथा रुबी जुब्ली मनाएका थिए।

बर्षगाँठको कार्यक्रममा खानपिन, हाल डेकोरेसन, कार पार्क कन्ट्रोललगायत सम्पूर्ण जिम्मेवारी केन्ट निवासी नम्बरीहरुले लिएका थिए भने मनोरंजनतर्फ नम्बरी योगेश गुरुङले जिम्मेवारी लिएका थिए। कलाकारहरु नेपाल पहिलो तारा बिजेता दिपक लिम्बू, Nepal Idol 4 का बिजेता बहुप्रतिभाशाली गायक भुपेन्द्र थापामगर, मीठो स्वारकी धनी तथा लोकदोहोरी गायिका सुश्री शान्त रानी परियार र आधुनिक तथा पप गायिका सुश्री रास्ना गुरुङ (भान्जी) ले कर्णप्रिय गीतहरु प्रस्तुति गरेका थिए। कार्यक्रममा चर्चित नृत्य कलाकार धनराज घलेले Surprise नृत्य प्रश्तुत गरेका थिए।

४० सौं बर्षगाँठको कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मी घिसिङले स्वागत मन्तब्य दिदै, कार्यक्रमको मुख्य जिम्मेवारी बहन गरेका नम्बरिहरु, फोटोग्राफरहरु, पिए सिस्टमका कर्मचारी, कलाकारहरु र उपस्थित नम्बरीहरु तथा उनका परिवारलाई हार्दिक धन्यवाद दिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!