आज हरितालिका तीज, देश तथा विदेशमा रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदै

SHARE:

काठमाडौं अगस्ट ३० ।

 

 

हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ। भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाईन्छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव पती पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने सांस्कृतिक तथा धार्मिक विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेपछि अन्तत: उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको धार्मिक शास्त्रहरुमा उल्लेख छन् ।

सोही आधारमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने गरिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!